Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

घुस लिएकाे भिडियाे बाहिरिएका असई सिंह गण तानिए

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय सिंहलाई गणमा तानिएका छन् । असई सिंहले एक व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण वीरगंज पर्सामा तानेर उनिमाथि छानबिन सुरु भएकाे छ ।

सशस्त्र प्रहरी उपरिक्षक (एसपी) राधेश्याम धिमालले असई सिंहलाई गणमा तानिसकिएकाे वताए । उनले छानविन कै दाैरान असई सिंहलाई गण तानिएकाे वताउँदै छानविन गरेर कारवाही गरिने समेत विश्वास दिलाए । 

पटक पटक बिबादमा पर्दै आएका असई सिंह यस पटक सिमानाकामा व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि कारबाही हुनबाट बच्न विभिन्न शक्तिकेन्द्रबाट फोन र भनसुन गराईरहेको जानकारी प्राप्त भएको छ । तस्करसँग हकाहकी रकम माग्ने उनी घर खर्चका लागि ल्याउने नेपालीलाई दुख दिँदै आएका थिए ।

यतिबेला यस घटनाले सशस्त्र प्रहरीको भ्रष्ट सिस्टमको नीतिलाई उदाङ्गो पारिदिएको छ भने यस्ता घटनाको अन्त्य आखिर कहिले हुन्छ त ?” भन्ने सवाल पनि आम जनतामा चुलिदै गएको छ । बेलाबेलामा बाहिरिने यस्ता आर्थिक प्रलोभनका घटनाका कारण सीमा रक्षामा हरघडी तैनाथ रहने सिङ्गो सशस्त्र प्रहरी संगठनकै साख दिनप्रतिदिन गुम्दै गएको छ ।

पीडित स्थानीयहरु भन्छन्, ‘असई सिंहले पैसा नदिइ कुनैपनि सामान नेपाल भित्र्याउन दिँदैनन्, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै तस्करीको सामान भित्र्याउन पाइन्छ भन्दै दुःख दिनेगरेका थिए । उनी कसैले यो विषयमा जानकारी पाएपनि केही नहुने फुर्ति लगाउँछन् ।’ असई सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने व्यापारीहरुसँग १ हजारदेखि १० हजारसम्म उठाउने गरेको बुझिएको छ ।

स्थानियका अनुसार असई सिंह नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिक्टा, भिस्वा, कठिया मठिया, सबैठवा, बन्जारी लगायतका ठाउँमा सधै सिविल ड्रेस घुमफिर गर्ने र व्यपारीहरुसंग अवैध असुली गर्दै आएका थिए । त्यति मात्रै होइन, असईको रवाफ पनि ठुलै छ । जोसुकै व्यक्तिलाई तस्करहरु जस्तो नै व्यवहार गर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

पहुँच र पावरको दम्भ देखाई पैसाको लागि मरिहत्ते गर्ने असई सिंहको रवैयाले स्थानीयवासी त्रसित थिए । त्यस क्षेत्रका सर्वसाधारणहरु सीमा क्षेत्रमा ओहरदोहर गर्दा लाठीले हिर्काउने, जोसँग पनि पैसा नै माग्ने असई सिंहको बानी थियाे । 

उनले तस्कर एवं व्यापारीसँग रकम असुल्दा जिल्लाको हाकिमको मात्र नभई प्रदेशको हाकिमको पनि नाम लिने गरेका थिए । मधेश प्रदेशका डिआईजीलाई पनि लाखौं रकम बुझाउनुपर्छ भनेर ठूलै रकम असुल्ने गरेको समाचार स्राेतले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...