Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

घुस लिएकाे भिडियाे बाहिरिएका असई सिंह गण तानिए

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय सिंहलाई गणमा तानिएका छन् । असई सिंहले एक व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण वीरगंज पर्सामा तानेर उनिमाथि छानबिन सुरु भएकाे छ ।

सशस्त्र प्रहरी उपरिक्षक (एसपी) राधेश्याम धिमालले असई सिंहलाई गणमा तानिसकिएकाे वताए । उनले छानविन कै दाैरान असई सिंहलाई गण तानिएकाे वताउँदै छानविन गरेर कारवाही गरिने समेत विश्वास दिलाए । 

पटक पटक बिबादमा पर्दै आएका असई सिंह यस पटक सिमानाकामा व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि कारबाही हुनबाट बच्न विभिन्न शक्तिकेन्द्रबाट फोन र भनसुन गराईरहेको जानकारी प्राप्त भएको छ । तस्करसँग हकाहकी रकम माग्ने उनी घर खर्चका लागि ल्याउने नेपालीलाई दुख दिँदै आएका थिए ।

यतिबेला यस घटनाले सशस्त्र प्रहरीको भ्रष्ट सिस्टमको नीतिलाई उदाङ्गो पारिदिएको छ भने यस्ता घटनाको अन्त्य आखिर कहिले हुन्छ त ?” भन्ने सवाल पनि आम जनतामा चुलिदै गएको छ । बेलाबेलामा बाहिरिने यस्ता आर्थिक प्रलोभनका घटनाका कारण सीमा रक्षामा हरघडी तैनाथ रहने सिङ्गो सशस्त्र प्रहरी संगठनकै साख दिनप्रतिदिन गुम्दै गएको छ ।

पीडित स्थानीयहरु भन्छन्, ‘असई सिंहले पैसा नदिइ कुनैपनि सामान नेपाल भित्र्याउन दिँदैनन्, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै तस्करीको सामान भित्र्याउन पाइन्छ भन्दै दुःख दिनेगरेका थिए । उनी कसैले यो विषयमा जानकारी पाएपनि केही नहुने फुर्ति लगाउँछन् ।’ असई सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने व्यापारीहरुसँग १ हजारदेखि १० हजारसम्म उठाउने गरेको बुझिएको छ ।

स्थानियका अनुसार असई सिंह नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिक्टा, भिस्वा, कठिया मठिया, सबैठवा, बन्जारी लगायतका ठाउँमा सधै सिविल ड्रेस घुमफिर गर्ने र व्यपारीहरुसंग अवैध असुली गर्दै आएका थिए । त्यति मात्रै होइन, असईको रवाफ पनि ठुलै छ । जोसुकै व्यक्तिलाई तस्करहरु जस्तो नै व्यवहार गर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

पहुँच र पावरको दम्भ देखाई पैसाको लागि मरिहत्ते गर्ने असई सिंहको रवैयाले स्थानीयवासी त्रसित थिए । त्यस क्षेत्रका सर्वसाधारणहरु सीमा क्षेत्रमा ओहरदोहर गर्दा लाठीले हिर्काउने, जोसँग पनि पैसा नै माग्ने असई सिंहको बानी थियाे । 

उनले तस्कर एवं व्यापारीसँग रकम असुल्दा जिल्लाको हाकिमको मात्र नभई प्रदेशको हाकिमको पनि नाम लिने गरेका थिए । मधेश प्रदेशका डिआईजीलाई पनि लाखौं रकम बुझाउनुपर्छ भनेर ठूलै रकम असुल्ने गरेको समाचार स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...