Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धोबिनी गाउँपालिकामा कृषी र व्युटिसियन सम्बन्धि तालिम शुरु

spot_img
spot_img

वीरगंज । पर्साको धोविनी गाउँपालिका वडा नं १ घोडदौड पिप्रारामा बुधबारदेखि १५ दिने कृषि सम्बन्धी जनचेतना मुलक तालिम र सोही वडामा १५ दिने व्युटिसियन सम्बन्धी तालिम शुरु भएको छ ।

श्रेया स्टील एण्ड क्षमता विकास प्रा. ली. धोबिनी २ पर्साको आयोजनामा कृषि सम्बन्धी जनचेतना मुलक तालिमको आयोजना भएको हो भने स्वरोजगार व्यवसायिक तालिम केन्द्र वीरगन्ज ११ को आयोजनामा ब्यूटीसियन तालिमको सुरु भएकाे हाे ।

दुवै तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र वडा नं १ का वडा अध्यक्ष बन्धू साह तेलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै पालिका अध्यक्ष चौहानले यो १५ दिनको कृषि र व्युटिसियन तालिमले सहभागीहरूलाई राम्रैसंग सिक्ने अवसर प्रदान गरेकोले तालिमको लाभ लिन सहभागीहरूलाई आग्रह गरे ।

उनले तालिममा सिकेका कुराहरू कृषि र महिलाहरुले व्युटिसियनमा समय दिने र दुई पैसा कमाउनेमा आफू विश्वस्त रहेको बताए ।

यसैगरी वडा नं १ का वडा अध्यक्ष बन्धु साह तेलीले दुवै तालिमले सहभागीहरूलाई फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए । साथै उनले तालिममा सिकेका कुराहरू आफ्ना व्यवसायिक जीवनमा लागू गर्न आग्रह गरे ।

सो अवसरमा वडा नं ४ का वडाध्यक्ष अब्बास मिया चुरिहर, सामाजिक विकास शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, कृषि प्रशिक्षक अमित कुमार यादव, पुनम कुमारी पटेल, व्युटिसियन प्रशिक्षक मिना कुमारी पटेल, सञ्जना पटेल, स्वरोजगार व्यवसायिक तालिम केन्द्रकी प्रतिनिधि सविता शर्मा, श्रेया स्टील एण्ड क्षमता विकास प्रा.ली का प्रतिनिधि रामानन्द ठाकुर, कार्यपालिका सदस्यहरू धुर्ब साह, सरोज पटेल, नन्द किशोर प्रसाद, जग पासवान र वडा नं १ का वडा सचिव अशोक राउत कुर्मी, समाज सेवी शिवशंकर राउत कुर्मी, नेपाली कांग्रेसका वडा सभापती गणेश साह लगायतहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...