Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बारामा १३ लाख भन्दा बढी नेपाली नक्कली नाेटसहित ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो । 

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय मोहन कुमार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरुको साथबाट एक हजार दरको ७०७ थान गरेर सात लाख सात हजार नेपाली नक्कली नोट बरामद गरिएको उनले बताए । उनीहरुले प्रयोग गरेको बिआर ०६ ए डब्लु २७५८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सुचना अधिकारी न्याैपानेले वताए । 

त्यस्तै भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने ४० वर्षीय महमद आलमलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठूलो बसवरीयामा साइकलमा आउँदै गरेको अवस्थामा आलमलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनकाअनुसार आलमको साथबाट एक हजार दरकोे ६०९ थान गरेर ६ लाख ९ हजार नेपाली नक्कली रकम बरामद भएको छ ।

बाराका विभिन्न स्थानबाट १३ लाख १६ हजार नेपाली नक्कली रकमसहित तीन जना नेपाली र एक जना भारतीय नागरिक पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...