Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

बारामा १३ लाख भन्दा बढी नेपाली नक्कली नाेटसहित ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो । 

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय मोहन कुमार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरुको साथबाट एक हजार दरको ७०७ थान गरेर सात लाख सात हजार नेपाली नक्कली नोट बरामद गरिएको उनले बताए । उनीहरुले प्रयोग गरेको बिआर ०६ ए डब्लु २७५८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सुचना अधिकारी न्याैपानेले वताए । 

त्यस्तै भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने ४० वर्षीय महमद आलमलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठूलो बसवरीयामा साइकलमा आउँदै गरेको अवस्थामा आलमलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनकाअनुसार आलमको साथबाट एक हजार दरकोे ६०९ थान गरेर ६ लाख ९ हजार नेपाली नक्कली रकम बरामद भएको छ ।

बाराका विभिन्न स्थानबाट १३ लाख १६ हजार नेपाली नक्कली रकमसहित तीन जना नेपाली र एक जना भारतीय नागरिक पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...