Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बलात्कार आराेपितलाई छटाइदिन्छु भनि १७ लाख ठगि गर्ने पक्राउ

spot_img
spot_img
वीरगंज । पुर्पक्षमा रहेका व्यक्तिहरू छुटाईदिन्छु भनी रकम लिने एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
 
वीरगंज कारागारमा रहेकाे दुई जनालाई छुटाईदिन्छु भनी रु १७ लाख ठगि गर्ने बाराकाे कलैया उप-महानगरपालिका वडा नं.२३ बैराठपुर निवासी २५ बर्षिय सहदेव पटेललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।
 
अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षको लागि कारागार कार्यालय पर्सा बीरगंजमा रहेका  व्यक्तिलाई छुटाईदिन्छु भनी रू.१० लाख र अर्को जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षमा रहेको व्यक्ति छुटाईदिन्छु भनी रू.७ लाख समेत लिएर ठगी गरेकाे आरोपमा पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तहरुले दिएको जाहेरीको आधारमा पक्राउ गरिएकाे सुचना अधिकारी न्याैपानेले वताए 
 
पक्राउ परेका पटेल विरुद्ध जिल्ला अदालत बारामा ठगी मुद्दा दर्ता गरी थप गरी अनुसन्धान कार्य भई रहेको न्याैपानेले वताए ।
 
साथै यस्ता किसिमका ठगी अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा पर्नु भएका व्यक्तिहरूले यस जिल्ला प्रहरी कार्यालय, बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिन समेत उनले प्रेस विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...