Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनीकाे जगरनाथपुरमा आगलागी, ४ वटा घर जल्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ जगरनाथपुरमा मंगलबार दिउसाे आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएकाे छ ।

स्थानिय रहमत देवान, अमजत देवान, सम्साद देवान र रजाक देवानकाे फुसकाे घर जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवल्दार राम कुमार साहले जानकारी दिए ।

आगलागीमा घर भित्र रहेकाे धान, चामल, गहुँ, दाल, भाँडाब्रतन, लत्ता कपडा लगायततका सामग्रीहरु जलेर नष्ट भएकाे उनले वताए ।पिडितहरुले आगलागीमा २७ लाख बराबरकाे क्षति भएकाे जनाएका छन् ।

विधुतकाे तार सर्किट भएकाे आगलागीमा मानविय तथा पशु चाैपायकाे क्षति भएकाे छैनन् । पाेखरिया नगरपालिकाबाट पुगेकाे बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे । 

केही दिन पहिला मात्र बैशाख १२ गते धाेबिनी गाउँपालिका कै वडा नं. ३ हरिहरपुरमा भएकाे आगलागीमा ५ वटा घर जलेकाे थियाे । त्यसअघि पनि चैत २६ गते राति धाेबिनी गाउँपालिका कै वडा नं. ३ गुलरियामा भएकाे आगलागीमा ४ वटा घर जलेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...