Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनी गाउँपालिकामा पुन: आगलागी, ५ वटा घर जलेर नष्ट

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा बुधबार दिउँसो आगलागी हुदाँ पाँच वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट एक टिनकाे छाप्राे भएकाे घर र ४ वटा फुसकाे घर जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय लंगडीका प्रमुख प्रहरी नायब निरिक्षक (सई) तेजेन्द्र बिसीले जानकारी दिए ।

स्थानीय योगेन्द्र साह कानु, महेन्द्र साह कानु, हरिन्द्र साह कानु, लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट भएकाे सई बसीले वताए । याेगेन्द्रकाे घरबाट सुरु भएकाे आगलागीमा पाँचै जनाको घर र घरभित्र रहेका सरसामान जलेर नष्ट भएको स्थानीय उनले वताए ।

आगलागीबाट पाँच वटा घर जलेर नष्ट भएपनि मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले जानकारी दिए । पोखरियाबाट गएको वारुण यन्त्र, प्रहरी र स्थानीयबासी सहयाेगमा आगाे नियन्त्रणमा आएकाे उनले वताए ।

यसअघि गत चैत २७ गतेपनि धोबिनी गाँउपालिका वडा नम्बर ३ मै पर्ने गुलरीया गाँउमापनि आगलागी हुदाँ चार वटा फुसको घर जलेर नष्ट भएको थियो । त्यसैगरी बैशाख ८ गते छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ भलुहियामा भएकाे आगलागीमा एक कुखुरा फर्म र दुई वटा घर जलेर नष्ट भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...