Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरीद्वारा १३ लाख बराबरको भन्सार छलिका सामान बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी पर्साले रु १३ लाख २० हजार २३५ मूल्य बराबरको भन्सार छलिका सामानहरु बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी पर्साले आइतबार र साेमबार पर्सा जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेका विभिन्न किसिमका सामान तथा सो ढुवानिमा प्रयोग गरिएका सवारी साधन बरामद गरेकाे हाे ।

बरामद सामान तथा सवारी साधन साेमबार विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएकाे छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले साेमबार विरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार मेनगेट वरपरको ईलाकाबाट रु. ७ लाख ४० हजार ९५५ मुल्य बराबरको किराना सामान, मोटर पर्टस र लत्ता कपडाको साथै कपडा ढुवानिमा प्रयोग गरिएको रु दुई लाख मुल्य बराबरको बि.म.न.पा. १ ह २-००२२ नम्बरको अटो बरामद गरेकाे थियाे ।

साथै सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलिले आइतबार रु २ लाख मुल्य बराबरको ना.६३ प ६५१५ नम्बरको मोटर साइकल र उक्त मोटर साइकलमा ल्याउदै गरेको मुल्य रु १२ हजार बराबरको पंखा बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. २ बहुअर्वाभाठाबाट बरामद गरेको थियाे ।

आइतबार नै सुरक्षा बेश क्याम्प बेलवाबाट खटिएको गस्ति टोलिले रु. एक लाख ६७ हजार २८० मुल्य बराबरको कपडाहरु विरगंज महानगरपालिकाकाे वडा नं. ३२ टेडा रोडबाट बरामद गरेकाे थियाे । उक्त बरामद सबै सामानहरु र सवारी सधान साेमबार विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...