Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धाेबिनीका प्रमुख प्रशासकिय अधिकृत साहमाथि दुर्व्यवहार, कुटपिट गर्ने कलवार पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई त्यही गाउँपालिका जनप्रतिनिधिले नेम प्यलेटबाट हिर्काएपछि अधिकृत घाइते भएका छन् ।

गाउँपालिका कार्यालय मै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसाे गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवाहरले गाउँपालिका अध्यक्षकाे नेम प्यलेटले हिर्काउनुकाे साथै कुटपिट समेत गरेकाे कर्मचारीहरुले वताएका छन् । कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरी नियन्त्रणमा समेत लिएकाे छ । घाइते अधिकृत साहकाे छातीमा गम्भिर चाेट लागेकाे छ ।  

कर्मचारीहरुका अनुसार कार्यालय समय मै दिउसाे २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नाे कार्यकक्षमा बाेलाएका थिए । त्यहीं समयमा उनकै कार्यकक्षमा बसेका गाउँ कार्यपालिका सदस्य कलवारले गाली गलौज गर्दै एक्कासी निजको कलर घाँटी समाति उनले लगाएको लुगा सर्ट च्याती लछारपछार गरी अन्धाधुन्ध हातमुक्का तथा काठ फलाम भएको गाँउपालिका अध्यक्षको नेमप्लेट समेतले हिर्काएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत साह धाेबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको र  कर्मचारीहरुसँग रिसिईवी साधी पूर्व रिसिईवीबाट प्रेरित भई बारम्बार अभद्र व्यवहार गर्ने गरेकाे कर्मचारीहरुकाे भनाई छ ।

अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएकाे दुर्व्यवहार तथा कुटपिट घटनाकाे गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना समेत गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबार नै प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।

कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पिडित साहले मंगलबार नै दाेषीमाथि कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् । 

यता घटना बारे जिल्लाका कर्मचारीहरुकाे एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसंग भेटेर घटना बारे जानकारी समेत गराएकाे छ । दाेषीमाथि कारवाही नभए जिल्लाका सम्पर्ण कार्यालयकाे कामकाज समेत बन्द गर्ने उनीहरुकाे चेतावनी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...