Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौजको संयुक्त गस्ती

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौज (एसएसबी)ले पर्सास्थित नेपाल-भारत सीमाबाट संयुक्त गस्ती सुरु गरेका छन् । ठोरी गाउँपालिका १ भगवान्‌ नगरबाट सुरु भएकाे संयुक्त गस्ती टाेली बुधबार पकहाँ मैनपुर गाउँपालिकाका पुगेकाे छ । 

गस्ती टोलीलाई प्रस्तावित गुल्म सिमा सुरक्षा लहावरथकरीका सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेमबहादुर कठायतले मंगलबार छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा स्वागत गर्दै टोलीको कमान्ड संभालेका थिए ।

डिएसपी कठायतले आफना ईलाका मिर्जापुर, भिस्वा, लहावरथकरी, पकहाँ मैनपुर हुँदै प्रसौनी भाठामा अर्काे पलाटुन कमान्डरलाई बुधबार जिम्मा लगाएकाे वताए । गस्तीको क्रममा डिएसपी कठायतले स्थानीय बुद्धिजीवी तथा नागरिकहरुसँग समेत अन्तरक्रिया गरेका थिए ।

सीमा सुरक्षाको संवंदनशीलतालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल, नेपालको परिचालनलाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन र अन्तर्राष्ट्रिय सीमा नजिकका नागरिकहरुमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन संयुक्त गस्ती सुरु गरिएको कठायतले बताए ।

सिमा क्षेत्रलाई रक्षा गर्ने, सिमामा रहेका जनता संग सम्बन्ध बिस्तार गर्ने, सिमाका आम जनता संग अन्तरक्रिया गर्दै भारतीय एसएसबि संग सम्बन्ध प्रागाढ गर्ने उदेश्य राखी नियमित रुपमा अनुगमन, निरिक्षण गर्दै गस्ती हुँदै आएकाे उनले वताए ।

टोली मधेश प्रदेशकाे सप्तरी जिल्ला सम्मको सिमामा रेखदेख, निरिक्षण, अनुगमन, सम्बन्ध बिस्तार, अन्तरक्रिया तथा भारतीय एसएसबीसंग संयुक्त रुपमा २४ सै घण्टा गस्ती गर्ने जनाईएको छ । टोलीमा ३५ जनाको सहभागीता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...