Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मृत्युकाे छहारीमा र कालाे गुलाफ पुस्तककाे परिचर्चा कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नारायणी वाड्मय प्रतिष्ठान वीरगंजकाे आयाेजनामा शनिबार पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ । विनयराज गाैतमले लेखेका मृत्युकाे छहारीमा र गाेपाल अश्कले लेखेका कालाे गुलाफकाे पुस्तककाे परिचर्चा कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंजस्थित सिद्धार्थ इन्टरनेशनल कलेजकाे सभाहलमा भएकाे कार्यक्रममा वक्ताहरुले दुबै पुस्तककाे बारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष विश्वम्भर कुमार शर्माकाे सभापतित्वमा भएकाे कार्यक्रममा भाषा आयाेगमा सदस्य एवम् कालाे गुलाफ पुस्तकका लेखक गाेपाल अश्क, मृत्युकाे छहारीमा पुस्तकका लेखक विनयराज गाैतम, प्रतिष्ठानका सचिव महेशचन्द्र गाैतम, प्रध्यापक उमा मिश्र, राम प्रसाद पाण्डे, विजय किशाेर पाण्डे, रविन्द्र मिश्र, सचितानन्द सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...