Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

कान्तिपुर सहकारीकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । सबैको लागि कान्तिपुर सहकारी भन्ने मुल नाराका साथ कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सत्यराम शर्मा काफ्लेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा हाेटल भिस्वामा भएकाे साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले अहिले देशमा आर्थिक तरलताको अवस्था रहेको बेला सहकारी संस्थाहरुमा पनि कोभिड पछि केही तरलता आएको बताए । उनले सरकारले जुन उद्देश्य लिएर अगाडि बढीरहेकाे छ सहकारीको पनि उहीँ उद्देश्य रहेकोले सरकार र सहकारी समन्वय गरेर जानु पर्नेमा जोड दिए ।

साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, सहकारी विकास बोर्डका पुर्व संचालक सदस्य शम्भु गुप्ता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)का पुर्व संचालक सदस्य हरेराम पटेल, को अपरेटि म्यानेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तवको अपरेटिभ म्यानेजर्स क्लबका पुर्व अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, वीरगंज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कर्ण, बिस्को अध्यक्ष डिल्ली बिक्रम कार्की, राष्ट्रिय सहकारी बैंकका संजय महतो, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुनका बीरगंज प्रमुख गौतम साह, गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उमेश साह लगायतले शुभकामना राखेका थिए ।

संस्थाले उत्कृष्ट बचत गर्ने उत्कृष्ट काम गर्ने कर्मचारी उत्कृष्ट ऋण तिर्ने, जेष्ठ नागरिक, बाल बचत गर्ने जस्ता ब्यक्तिहरुलाई सम्मान समेत गरेको थियाे ।

संस्थाका कार्यकारी अधिकृत जिष्णु बरालले संस्थागत विकास संगै संस्थाले गरेको गतिविधि तथा शेयर पुजी १ करोड १६ लाख ५०० बचत तर्फ १८ करोड ४३ लाख,५१ हजार ,बचत संकलन १७ करोड ११ लाख५ हजार ,बचत तर्फ संस्थामा १० करोड ६५ लाख ९४ हजार निक्षेप गरेको छ भने कर्जा लगानी १४ करोड ४३ लाख८८ हजार र नाफा ३६ लाख ५६ हजार गरेको जानकारी दिए ।

आफ्नो संस्थाले बचत कर्ताहरुको रकम सुरक्षित राख्ने जिम्मेवारी आफुहरुले लिएको बताउँदै रकम बचत गर्दा संस्थाको संचालकहरुको बारेमा समेत चासो राख्न आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...