Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

शिक्षिका निधनकाे शाेकमा आइतबार धाेबिनीमा विदा

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाले आइतबार गाउँपालिका अन्तर्गतकाे शैक्षिक संस्थामा शोक विदा दिएकाे छ ।

धाेबिनी गाउँपालिकाकाे वडा नं.५ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जगरनाथपुरका वाल विकास सहयोगी शिक्षीका राम्भा देवी रामको निधन भएकाे शाेकमा गाउँपालिकाले मंसिर २४ गते आइतबार शाेक विदा दिएकाे हाे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले शुक्रबार एक सूचना जारि गर्दै मंसिर १२ गते शिक्षिका रामकाे असामयिक नधिन भएकाे शाेकमा आइतबार १३ औं दिनकाे पुण्य तिथीमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरुमा एक दिन शाेक विदा दिइएकाे जनाएका छन् ।

शिक्षिका रम्माकाे असामयिक निधन प्रति गाउँपालिकाले दु:ख समेत व्यक्त गरेकाे छ । 

३५ बर्षिय रम्भाकाे उपचारकाे क्रममा १० दिन पहिला वीरगंजस्थित तराई अस्पतालमा निधन भएकाे थियाे । स्व. रम्भाकाे दुईटा छाेरा र दुईटा छाेरी छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...