Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनीमा कक्षा ११ का विद्यार्थीहरुलाई विद्यालय पाेशाक वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मिया माद्यमिक विद्यालय धोबिनीकाे कक्षा ११ मा अध्ययनरत छात्र/छात्रालाई विद्यालय पाेशाक वितरण गरिएकाे छ ।

धाेबिनी गाउँपालिकाे वडा स्तरिय याेजनाबाट मंगलबार एक कार्यक्रमकाे विच कक्षा ११ का सम्पूर्ण छात्र/छात्रालाई कोट, पाईन्ट, सर्ट र टाई गरि पोशाक सेट वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए ।

वडाध्यक्ष मनाैवर अहमदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पु पटेल, वडा सचिव जितेन्द्र प्रसाद चाैहान, शिक्षक सुनिल मुखिया, सुबाष चाैधरी, गफुर मियाँ अन्सारी, हिरालाल साह, अशाेक पटेल, सुरज प्रसाद पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैबिच मंगलबार नै विद्यालय स्नातक तह संचालनकाे लागि आर्थिक स्राेत जुटाउन गाउँपालिका तथा अन्य निकायसंग समन्वय गर्न अभिभावक, शिक्षा प्रेमी, राजनीतिकर्मी, शिक्षकहरु बिच अन्तरक्रिया तथा छलफल समेत गरिएकाे प्रधानाध्यापक रामले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...