Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धोबिनीकाे प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद साह

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह हाजिर भएका छन् । बाराकाे आदर्शकाेतवाल गाउँपालिकाबाट सरुवा भई धाेबिनी गाउँपालिका आएका अधिकृत साहलाई गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका हुन् ।

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जुदेवी कुर्मी लगायतका जनप्रतिनिधि एवम् कर्मचारीहरुले फुल माला र अबिरकाे टिका लगाएर स्वागत गरेका हुन् ।

अधिकृत साहले साेमबार नै कार्यभार सम्हाल्दै आफू सेवाग्रहीकाे कामलाई छिटो र सहज बनाउने प्रतिबद्धता जनाए । उनले सेवाग्रहीकाे कामकाजको साथै विकास निर्माणकाे काम समेत तिब्र गतिमा अगाडि बढाउन जनप्रतिधिकाे सहयाेग र समन्वय जरुरी रहेकाे वताए ।

अधिकृत साहले हाजिर भए लगतै जनप्रतिनि र कर्मचारीसंग परिचात्मक कार्यक्रम समेत गरेका थिए ।

गाउँपालिकाले आयाेजना गरेकाे स्वागत तथा परिचात्मक कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर पटेल, वडाध्यक्ष बन्धु साह, राजकिसोर पटेल, अबास मियाँ, मनाउर मियाँ, गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेल, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, जिन्सी शाखा प्रमुख प्रदिप पटेल, लेखापाल धन्नजय दास, इन्जिनियर रबिभुषण पटेल लगायतकाे उपसथिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...