Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धोबिनीकाे प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद साह

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह हाजिर भएका छन् । बाराकाे आदर्शकाेतवाल गाउँपालिकाबाट सरुवा भई धाेबिनी गाउँपालिका आएका अधिकृत साहलाई गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका हुन् ।

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जुदेवी कुर्मी लगायतका जनप्रतिनिधि एवम् कर्मचारीहरुले फुल माला र अबिरकाे टिका लगाएर स्वागत गरेका हुन् ।

अधिकृत साहले साेमबार नै कार्यभार सम्हाल्दै आफू सेवाग्रहीकाे कामलाई छिटो र सहज बनाउने प्रतिबद्धता जनाए । उनले सेवाग्रहीकाे कामकाजको साथै विकास निर्माणकाे काम समेत तिब्र गतिमा अगाडि बढाउन जनप्रतिधिकाे सहयाेग र समन्वय जरुरी रहेकाे वताए ।

अधिकृत साहले हाजिर भए लगतै जनप्रतिनि र कर्मचारीसंग परिचात्मक कार्यक्रम समेत गरेका थिए ।

गाउँपालिकाले आयाेजना गरेकाे स्वागत तथा परिचात्मक कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर पटेल, वडाध्यक्ष बन्धु साह, राजकिसोर पटेल, अबास मियाँ, मनाउर मियाँ, गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेल, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, जिन्सी शाखा प्रमुख प्रदिप पटेल, लेखापाल धन्नजय दास, इन्जिनियर रबिभुषण पटेल लगायतकाे उपसथिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...