Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

जीतपुर सिमराका पूर्वमेयर डा. पौडेल मृत भेटिए

spot_img
spot_img

वीरगंज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल मृत भेटिएका छन् । पौडेल जितपुर सिमरा २ स्थित आफ्नै घरमै मृत भेटिएका हुन् ।

बिरामी रहेका पौडेलका परिवारका सदस्य बुधबार मात्रै काठमाडौँबाट सिमरा आएका थिए । दुई दिनदेखि कोठा थुनेरै बसेका पौडेलको कोठाको ढोका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै बेडमा मृत भेटिएका हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पौडेल राजनीतिका अलावा, सिमरा क्याम्पसका प्राध्यापक, स्थानीय सहकारीमा आवद्ध थिए । नेकपा एमाले बाराका सचिव मनोज पौडेलले कृष्ण पौडेल घरमै मृत भेटिएको बताए ।

पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए । पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...