Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जीतपुर सिमराका पूर्वमेयर डा. पौडेल मृत भेटिए

spot_img
spot_img

वीरगंज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल मृत भेटिएका छन् । पौडेल जितपुर सिमरा २ स्थित आफ्नै घरमै मृत भेटिएका हुन् ।

बिरामी रहेका पौडेलका परिवारका सदस्य बुधबार मात्रै काठमाडौँबाट सिमरा आएका थिए । दुई दिनदेखि कोठा थुनेरै बसेका पौडेलको कोठाको ढोका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै बेडमा मृत भेटिएका हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पौडेल राजनीतिका अलावा, सिमरा क्याम्पसका प्राध्यापक, स्थानीय सहकारीमा आवद्ध थिए । नेकपा एमाले बाराका सचिव मनोज पौडेलले कृष्ण पौडेल घरमै मृत भेटिएको बताए ।

पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए । पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...