Date
शुक्र, चैत्र १३, २०८२
Fri, March 27, 2026

परवानीपुर गाउँपालिका र वडा कार्यालय दुई सिफ्टमा सञ्चाल हुँदै

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ ।

- Advertisement -

एउटा सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले गाउँ कार्यपालिकाको कार्यालयको राष्ट्रिय परिचयपत्र, प्रशासन, योजना, पञ्जीकरण दर्ता चलानी शाखा र वडा नम्बर १ देखि ५ सम्मका कार्यालयहरू दुई सिफ्टमा सञ्चालन हुने जनाएका छन् ।

कार्यालयहरु असोज १८ गतेदेखि हप्ताको २ दिन आइतबार र सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म र १० बजे देखि ५ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन हुने रौनियारले जानकारी दिएका हुन् ।

दिउँसोको समयमा अन्यत्र काम गर्ने सेवाग्राहीहरूलाई छुट्टी लिएर आउनुपर्ने बाध्यता अन्त्य गर्दै दुई दिनका लागि भए पनि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न थालिएको रौनियारले बताए ।

‘यस्तो गर्दा दिउँसो अफिसमा काम गर्नेहरूलाई धेरै सहज भएको छ,’ उनले भने, ‘सेवाग्राहीहरूको सबै काम पनि हुन्छ र उहाँहरूलाई आफ्नो अफिसबाट छुटी पनि लिनुपर्दैन ।’

दुई सिफ्टको सेवा दैनिक ज्यालादारी, मजदुरी र उद्योगमा कामदारका रूपमा काम गर्नेहरूलाई पनि फलदायी भएको उनको दाबी छ ।  यसरी सेवाग्राहीहरु बिहान कार्यालयमा सेवा लिएर दिउँसो आफ्नो काममा जान सक्ने उनको भनाई छ । ‘यसरी गर्दा सेवाग्राहीको चाँप पनि घटेको छ,’ उनले भने ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अमरेश सिंहद्वारा उद्योगमन्त्री पद अस्वीकार, मन्त्रालय प्रधानमन्त्री बालेनसँगै

काठमाडौँ । सर्लाही–४ बाट निर्वाचित नेता अमरेश कुमार सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई उक्त...

सहोदरा माई मन्दिरमा मेला सुरु, नेपाली दहित परिवारद्वारा पहिलो पूजा र बलि

सेढवा । छिमेकी भारत को बिहारस्थित ऐतिहासिक आदिशक्ति सहोदरा माई मन्दिरमा नेपाली दहित परिवारले बलि चढाएसँगै विधिवत रूपमा मेला सुरु भएको छ। पश्चिमी चम्पारण जिल्लाको...

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै सपथ लिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार...