Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धाेबिनीकाे सम्पन्न गाउँ सभा प्रति केही सदस्यहरु असन्तुष्ट, कारण के ?

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकाकाे ८ ‌औं गाउँ सभा प्रति केही गाउँ सभा सदस्यहरु असन्तुष्टि जनाएका छन् ।

६ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य गरी ७ जना गाउँ सभा सदस्यले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफुहरुकाे जानकारी बेगर नै गाउँ सभा सम्पन्न भएकाे भन्दै असन्तुष्टि जनाएका हुन् ।

वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा भएकाे पत्रकार सम्मेलनमा गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद, नन्दकिशाेर साह कानु, रिना देवी, साेभावती देवी, सार्धा देवी पासवान, पवन ज्याेती कुमारी र वडा सदस्य मैना देवीकाे उपस्थिती रहेकाे थियाे ।

उनीहरुले गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहान एवं उपाध्यक्ष मंजु देवी कुर्मीले आफूखुसी वीरगंजमा बसी गाउँसभा एवं बजेट सार्वजनिक गरेको आरोप लगाएका हुन् । उनीहरुले २०८० असारदेखि हालसम्म गाउँपालिका परिषद समेत नभएको र ७ जना गाउँपालिका सदस्यहरुले कुनैपनि कागजातमा आफुहरुले हस्ताक्षर समेत नगरेको र गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षले आफूहरुलाई छाडी वीरगंजमा गोप्य रुपमा यही भदौ २७ गते परिषद गरेको विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएको हुनाले गाउँसभा रद्द हुनुपर्ने माग गरे ।

यता गाउँपालिका अध्यक्ष मदन चौहानले आफ्नो स्वार्थ सिद्ध नभएपछि जनताको काम नै प्रभावित पार्न केही गाउँ सभा सदस्यहरु खाेजेकाे आराेप लगाए । उनले उनीहरु सहमतिमा नआएपछि पालिकाको काम २ महिना भन्दा बढि प्रभावित भएको कारण बहुमतीय प्रणाली अन्तर्गत गाउँसभा एवं बजेट सार्वजनिक गरिएको बताए ।

बहुमतीय प्रणाली अन्तर्गत २९ जनामध्ये २२ जनाले सहमतिमा गाउँ सभा सम्पन्न भएकाे उनको भनाई छ । उनका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पांचै जना वडाध्यक्ष र अन्य १५ जना गाउँ सभा सदस्यकाे सम्पन्न गाउँ सभामा समर्थन जनाएका हुन् ।

गाउँपालिका स्राेतका अनुसार असन्तुष्ट कार्यपालिका सदस्यले वडाध्यक्ष भन्दा बढी बजेट आफुहरुले खर्च गर्न पाउनु पर्ने अडान राखेका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले असन्तुष्ट गाउँ कार्यापालिका सदस्यहरुलाई रु २५ लाखकाे याेजना दिन माग गरे पनि आफूहरु रु ६५ लाख बराबरकाे याेजना खर्च गर्न पाउनु पर्ने अडान राखेका थिए ।  त्यस कारण असार १० गते भित्र सम्पन्न गरिसक्नु पर्ने गाउँ सभा नयाँ आर्थिक मसान्त सुरु हुँदा समेत हुन सकेका थिएन ।

गाउँ सभा नहुँदा गाउँपालिकाकाे कामकाज प्रभावित भएकाे थियाे । दुई महिनादेखि कर्मचारी तलब पाउन सकेका थिएन भने समाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेकाे थिएन । 

रु ३६ करोड ५ लाख बराबरकाे बजेट सार्वजनिक

गाउँपालिकाले ८ औं गाउँ सभाबाट आ.व. २०८०/०८१ को लागि ३६ करोड ५ लाख ५५ हजार रुपैया बजेट सार्वजनिक गरेको छ । आयतर्फ समानीकरण अनुदान ८ करोड ४२ लाख, सशर्त अनुदान १२ करोड ९५ लाख तथा राजस्व बाँडफाँड ६ करोड ४८ लाख ६७ हजार ८ सय गरि २७ करोड ८५ लाख ६७ हजार ८ सय रुपैया बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत महमद नवाज हुसेनले वताए ।

यसैगरि आयतर्फ कै प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान ५९ लाख ११ हजार, सशर्त अनुदान ५० लाख, राजस्व बाँडफाँड ४० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, स्थानीय राजस्व बाँडफाँड २० लाख गरि २ करोड १९ लाख ११ हजार एवं गत वर्षको आन्तरिक राजस्व मौज्दात ६ करोड ७६ हजार गरि ३६ करोड ५ लाख ५५ हजार बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाकाे व्ययतर्फ कार्य सञ्चालन तलब भत्ता प्रशासनीक खर्च तथा सम्पूणर् चालु प्रकृतिका खर्चहरुमा ७ करोड ८२ लाख ९५ हजार, भौतिक पूर्वाधार तथा विकास निर्माणमा १४ करोड ७७ लाख ६० हजार, संघीय सशर्त अनुदानमा १२ करोड ९५ लाख, प्रदेश विशेष अनुदानमा ३० लाख, प्रदेश समपुरक अनुदानमा २० लाख बजेट अनुमति विनियाेजन गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र...

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...