Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजस्थित एक गाेदाममा प्रहरीकाे छापा, ८ सय केजी काजु बरामद

spot_img
spot_img

दिपु बर्णवाल /
वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट साेमबार ठूलाे मात्रामा अवैध काजु बरामद गरेकाे छ । सशस्त्र प्रहरी १३ नम्बर गण पर्साकाे टोलीले वीरगंज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिकरहेको बजरंग टोलमा एक गोदाममा छापामारी गरेर अवैध काजु बरामद गरेकाे हाे ।

सशस्त्र प्रहरी नायब उपरिक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा १० जना र वीरगंज भन्सार कार्यालय पर्साका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा रहेको ७ जना प्रहरी सहितको संयूक्त टोलीले ८ सय केजी काजु बरामद गरेकाे जनाएकाे छ ।

वीरगंज १० स्थित मंगनी राउतकाे घरमा भन्सार छली गरि ल्याइएकाे काजु बरामद गरिएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित मूल्य ७ लाख २० हजार रुपैयाँ रहेको उनले बताए ।

 बरामद काजु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए । काजु कसको हो भन्ने कुरा भने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...