Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

राउण्ड टेबल नेपालको साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । राउण्ड टेबल नेपालको २३ औँ वार्षिक साधारण सभाबाट नितेशकुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । 

काठमाडौँमा सम्पन्न २३ औँ साधारण सभाले अग्रवालको अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतीक अग्रवाल, कोषाध्यक्षमा शाहील अग्रवाल तथा सम्पादकमा पङ्कज झुनझुनवाला रहेका छन् । 

नवनिर्वाचित कार्यसमितिले राउण्ड टेबलले सुरु गरेका विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने छ । राउण्ड टेबल नेपालले हाल देशका विभिन्न स्थानमा विद्यालय स्तरोन्नति, राउण्ड टेबल नेपाल मोडल स्कूल स्थापना, विपन्न वर्गका बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान, र  एक देश एक लाख बिरुवाको अभियान सञ्चालन गरिरहेको छ । 

त्यस्तै नयाँ कार्यसमितिले आफ्ना सदस्यहरूका लागि विभिन्न तालिम तथा गोष्ठीहरूको आयोजना गर्नुका साथै उनीहरूको नेतृत्व र सिप विकासका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने छ । त्यसै गरी सदस्यहरू बिचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने कार्य गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।

साधारण सभामा निवर्तमान अध्यक्ष राहुल अग्रवालले आफ्नो कार्यकाल तथा गत आर्थिक वर्षको वार्षिक तथा लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनलाई अनुमोदन गर्दै नयाँ कार्यसमिति चयन गरिएको थियो ।

के हो राउण्ड टेबल नेपाल ?

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरूको एक गैह्र नाफामूलक सामाजिक संस्था हो, जसको मुख्य उद्देश्य एडप्ट, एडप, इम्प्रुभ हो । राउण्ड टेबलले आफ्नो उद्देश्य पूरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरूको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरूलाई स्थानीय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तर रूपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।

राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेको छ । संस्थाले विशेष गरी शिक्षा, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा अग्रसर भई कार्यहरू गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...