Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पेसागत महासंघ पर्साकाे जिल्ला भेला सम्पन्न, अध्यक्षमा सिंह

spot_img
spot_img

वीरगंज । पेसागत महासंघ नेपाल पर्साकाे जिल्ला भेला शुक्रबार सम्पन्न भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालमा भएकाे भेलाले रामबाबु सिंहको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेकाे छ ।

नवगठित कमिटीकाे उपाध्यक्षमा राजेश्वर कुशवाहा, रिंकु साह, सचिवमा शिवनाथ प्रसाद थारु, सह सचिवमा राजेश चाैहान, काेषाध्यक्षमा अखिलेश सहनी सर्वसहमत चयन भएका छन् ।

यसैगरी कमिटीकाे सदस्यमा लालमहमद अंसारी, रामेश्वर साह, धर्मेन्द्र चाैबे, अमरदेव प्रसाद यादव, विजय महताे, मनिषा पाण्डे, सुनिता साह, शत्रुधन गिरी लगायतका चयन भएका हुन् ।

पेशागत महासंघ नेपाल, पर्साकाे जिल्ला भेला तथा समिति गठन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, जिल्ला संयाेजक डा. बिश्वभर शर्मा, एमाले निकट स्वास्थ्य संगठनका संताेष सिंह, शिक्षक संगठनका विनाेद गिरी, निजामती कर्मचारी संगठनका राज कुशवाहा, सुनिल राैनियार लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...