Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

वीरगंजको पानीटंकीमा प्रभु सिटी स्क्यान सेवा संचालन

spot_img
spot_img

वीरगंज । वीरगंजको पानीटंकीमा प्रभु सिटी स्क्यान सेवा संचालनमा आएको छ । शरीरका सम्पूर्ण भागलाई स्क्यान गरेर भित्री देखिने समस्यालाई सजिलो उपचार गर्न सक्ने अत्याधुनिक प्रविधी सहितको प्रभु सिटी स्क्यान सेवा बिहिबारदेखी संचालनमा आएको हो ।

प्रभु हस्पिटल नजिकै रहेको यस सिटी स्क्यानको वीरगंज महानगरपालिका वडा नं. ४ र ८ का वडाध्यक्ष जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा रिबन काटी आज उद्घाटन गरेका हुन् । यस सिटी स्क्यानमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड लगायत सम्पूर्ण सेवा उपलब्ध हुने भएको छ । क्यान्सर, ब्लडप्रेसर, ब्रेन हैमरेज, टाउको दुख्ने, छातीमा पानी जमेको, रिडको हड्डी टुटेकोे लगायत अनेक समस्याको रोग पत्ता लगाई सबै उपचारको सुविधा यहाँ मिल्ने रहेको सिटी स्क्यानका संचालक डाक्टर निरन्जन साहले बताए ।

सेवा शुरु गरेको यस सिटी स्क्यान सेन्टरमा अन्य भन्दा सर्वशुलभ शुल्कमा विभिन्न खालका बिरामीहरको सिटी स्क्यान सेवा उपलब्ध रहेको डाक्टर साहले बताए । यहाँ विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी/बायोप्सीका लागि समेत सेवा उपलब्ध हुने रेडियोलोजिस्ट डाक्टर डम्बर साहले बताए । अरु सिटी स्क्यान भन्दा प्रभु सिटी स्क्यानले आजको आजै स्क्यान गरि तुरुन्तै रिपोर्ट दिई चौबिसै घण्टा गुणस्तरीय सेवा दिने गरेको डा. साहले बताए ।

कुनै अस्पतालमा उपचाररत बिरामीको सिटी स्क्यान गरेर तुरुन्तै अस्पतालमा पु¥याउनुपरे त्यसको पनि व्यावस्था गरिएको संचालक द्वय साहको भनाई छ । बिरामीहरुको चेकजाँच गर्ने बितिकै ह्वाट्सअफ मै तुरुन्तै रिपोर्ट पठाउने गरेको अर्का संचालन रोडियोलोजिस्ट डा. डम्बर साहले जानकारी दिए ।

साढे ३ करोडभन्दा बढिको लगानीमा संचालनमा आएको प्रभु सिटी स्क्यानले मधेश प्रदेश अन्तर्गतको जिल्ला सहित छिमेकी मुलुक भारतसम्म सेवाग्राहीहरुलाई राहत मिल्ने डा. डम्बर साहले बताए ।

उद्घाटन कार्यक्रममा प्रभु हस्पिटलका संचालक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, एमाले नेता शम्भु गुप्ता, लोसपाका नेता नेजामुद्दिन समानी, प्रहरी समुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासु सहनी, कोषाध्यक्ष प्रवेश सर्राफ, अधिवक्ता शालिग्राम साह, वडा नं. १२ का वडा सदस्य अनिता क्षेत्री, कांग्रेसका युवा नेता दिलीप राज कार्की लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीएचपीले ४ जीपीए ल्याउने ६ विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो

वीरगंज । जीएचपी माध्यमिक विद्यालय, वीरगंजले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेकाे छ । विद्यालयमा एक कार्यक्रमकाे आयाेजना...

रास्वपा पर्सा–४ मा कृष्णमोहन यादवको पराजयपछि सांसद शाक्यको भूमिका चर्चामा

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सांसद टेकबहादुर शाक्य निकट समूहले अपेक्षित नतिजा हासिल...

बालअधिकार संरक्षणमा संवेदनशील पत्रकारिता आवश्यक : प्रमुख लामिछाने

वीरगंज । बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ । युवालयको आयोजनामा भएको कार्यक्रममा...