Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजको पानीटंकीमा प्रभु सिटी स्क्यान सेवा संचालन

spot_img
spot_img

वीरगंज । वीरगंजको पानीटंकीमा प्रभु सिटी स्क्यान सेवा संचालनमा आएको छ । शरीरका सम्पूर्ण भागलाई स्क्यान गरेर भित्री देखिने समस्यालाई सजिलो उपचार गर्न सक्ने अत्याधुनिक प्रविधी सहितको प्रभु सिटी स्क्यान सेवा बिहिबारदेखी संचालनमा आएको हो ।

प्रभु हस्पिटल नजिकै रहेको यस सिटी स्क्यानको वीरगंज महानगरपालिका वडा नं. ४ र ८ का वडाध्यक्ष जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा रिबन काटी आज उद्घाटन गरेका हुन् । यस सिटी स्क्यानमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड लगायत सम्पूर्ण सेवा उपलब्ध हुने भएको छ । क्यान्सर, ब्लडप्रेसर, ब्रेन हैमरेज, टाउको दुख्ने, छातीमा पानी जमेको, रिडको हड्डी टुटेकोे लगायत अनेक समस्याको रोग पत्ता लगाई सबै उपचारको सुविधा यहाँ मिल्ने रहेको सिटी स्क्यानका संचालक डाक्टर निरन्जन साहले बताए ।

सेवा शुरु गरेको यस सिटी स्क्यान सेन्टरमा अन्य भन्दा सर्वशुलभ शुल्कमा विभिन्न खालका बिरामीहरको सिटी स्क्यान सेवा उपलब्ध रहेको डाक्टर साहले बताए । यहाँ विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी/बायोप्सीका लागि समेत सेवा उपलब्ध हुने रेडियोलोजिस्ट डाक्टर डम्बर साहले बताए । अरु सिटी स्क्यान भन्दा प्रभु सिटी स्क्यानले आजको आजै स्क्यान गरि तुरुन्तै रिपोर्ट दिई चौबिसै घण्टा गुणस्तरीय सेवा दिने गरेको डा. साहले बताए ।

कुनै अस्पतालमा उपचाररत बिरामीको सिटी स्क्यान गरेर तुरुन्तै अस्पतालमा पु¥याउनुपरे त्यसको पनि व्यावस्था गरिएको संचालक द्वय साहको भनाई छ । बिरामीहरुको चेकजाँच गर्ने बितिकै ह्वाट्सअफ मै तुरुन्तै रिपोर्ट पठाउने गरेको अर्का संचालन रोडियोलोजिस्ट डा. डम्बर साहले जानकारी दिए ।

साढे ३ करोडभन्दा बढिको लगानीमा संचालनमा आएको प्रभु सिटी स्क्यानले मधेश प्रदेश अन्तर्गतको जिल्ला सहित छिमेकी मुलुक भारतसम्म सेवाग्राहीहरुलाई राहत मिल्ने डा. डम्बर साहले बताए ।

उद्घाटन कार्यक्रममा प्रभु हस्पिटलका संचालक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, एमाले नेता शम्भु गुप्ता, लोसपाका नेता नेजामुद्दिन समानी, प्रहरी समुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासु सहनी, कोषाध्यक्ष प्रवेश सर्राफ, अधिवक्ता शालिग्राम साह, वडा नं. १२ का वडा सदस्य अनिता क्षेत्री, कांग्रेसका युवा नेता दिलीप राज कार्की लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...