Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मुक्त हरवाचरवा, हलिया र कमैयाका सवालमा अन्तरसंवाद

spot_img
spot_img

काठमाडौं । राष्ट्रिय दलित नेटवर्क, नेपालको आयोजनामा मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरस्थापनाका लागि सरकारलाई सचेतीकरण गर्ने उद्देश्यले बहुपक्षीय सरोकारवालाहरु बिच काठमाण्डौमा अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सुभारम्भ मै अध्यक्षता ग्रहण गर्दै राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष एवं मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी बस्तुस्थिती अध्यययन समितिका सदस्य गणेश बिश्वकर्माले अवधारणागत मन्तब्य राख्दै मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरस्थापनाका लागि नेपाल सरकारले अध्ययन समितिको प्रतिवेदनका सिफारिश अक्षरस कार्यान्वयन गरिनुपर्ने कुरामा जोड दिए ।

उनले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्नु राजनीतिक परिवर्तनको अनुभुति गराउनु र समाजमा सम्मानित जीवन जिउन पाउने वातावरणको सुनिश्चितता गर्नु नेपाल सरकारको संवैधानिक दायित्व भएकोले मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरसथापनाका लागि तिनै तहका सरकार संबेदनशिल हुनुपर्ने जिकीर गरे ।

सोही कार्यक्रमका अर्का अतिथी संबिधान सभा सदस्य र नेकपा (माओवादी केन्द्र) का नेता हरी श्रीपाईलीले अध्ययन प्रतिवेदनमा आधारित भूमि ब्यवस्था मन्त्रालयले हालै तयार गरेको मुक्त कमैया, कम्लहरी हलिया र हरवा चरवाको पुनरस्थापना सम्वन्धी कार्यविधिलाई मन्त्रीपरिषदले अविलम्व पारित गरेर कार्यान्वयन नगरेसम्म मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरस्थापना गर्न नसकिने बताए ।

उनले संघीय सरकारले स्थानीय तहलाई जिम्मेवारी प्रदान गर्दै मुक्त हरवा चरवाको लगत संकलन र परिचय पत्र बितरण यसै आर्थिक बर्षमा प्रारम्भ गरेर पुनरस्थापना कार्य अगाडी बढाउनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका बक्ताहरु राष्ट्रिय भूमि आयोगका सदस्य गोवर्धन कोली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रकाश अधिकारी, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव चन्द्र सिवाकोटीले कमैया, कम्लहरी हलिया र हरवा चरवाको पुनरस्थापनाका लागि आफुहरु प्रतिबद्ध रहेको कुरा बताए ।

 

सो अवसरमा नेपाल ट्रेड यूनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष राजेश पालिखे, जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेबी बिश्वकर्मा, समावेशी फाउण्डेसनका उपाध्यक्ष एवं अधिवक्ता चक्रमान बिश्वकर्मा, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनार, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सचिव मोहमद कासिम मिया, द फ्रिडम फण्डका कार्यक्रम ब्यवस्थापक जियम श्रेष्ठ, अन्तराष्ट्रिय भुमि अधिकार मञ्च नेपालका कार्यक्रम ब्यवस्थापक प्रेम नेपाली, अन्तराष्ट्रिय भूमि सञ्जालका धर्मराज जोशी, पूरक एशियाका कार्यक्रम ब्यवस्थापक नितु पोखरेल, एक्सनएड नेपालका सुजात श्रमनेरा लगायतले मनतब्य ब्यक्त गरे ।

राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष गणेश बहादुर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मोहन ओडले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक हुकुम बहादुर सार्कीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...