Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सशस्त्र प्रहरीद्वारा प्रसाैनीबाट २६ भैंसी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको पशु चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रसाैनी भाठाबाट खटिएकाे प्रहरी गस्ती टाेलीले बिहिबार विहान २६ वटा भैंसी नियन्त्रणमा लिएकाे हाे ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएकाे पशु चाैपाया विन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ स्थित प्रसाैनी पुलबाट नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी बल बिओपी प्रसाैनीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रहरी निरिक्षक थापाकाे नेतृत्वमा रहेकाे प्रहरी गस्ती टाेलीलाई देख्नै वितिक्कै तस्करहरु भैंसी छाेडी फरार भएकाे उनले वताए । 

बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ५ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...