Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

एनएमएसारए वीरगंजको अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

दिपेन्द्र यादव /

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंजको आयोजनामा एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजस्थित त्रिजुद्द माबिको सभा हलमा भएको कार्यक्रमा वाेल्दै नेपाल चिकित्सक संघ वीरगंजका अध्यक्ष डा. मनोज कुमार गुप्ताले चिकित्सक संग प्रत्यक्ष सरोकार रहेको यो पेशा मर्यादित तथा सभ्य भएकोले यसलाई अझ सरल र मर्यादित बनाउन हाम्रो पनि साथ र सहयोग रहने वताए ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालका केन्द्रिय उपाध्यक्ष मनोज साहले यस गौरवशाली संस्थाले रचनात्मक कार्यहरुलाई अगाडि बढाउँदै आएको र यश पेशासंग आवद्ध रहेका श्रमिकको हकहितको लागि सदैव तत्पर रहने वताए ।

यश बजार प्रतिनिधि जस्तो मर्यादित पेशामा आबद्ध भइसकेपछि यसको बारेमा जानकारी लिएर अगाडी बढ्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष राम गोसाईले बताए ।

कुनै पनि संस्थामा लागिसकेपछि संस्थाको बारेमा बुझ्न आवश्यक रहेको र स्थापना कालदेखिनै यो संस्थाले यस क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको कार्यक्रमका सभामुख समेत रहेका संस्थाका अध्यक्ष गोसाइले बताए ।

कार्यक्रममा विशेषगरी बजार प्रतिनिधि संग सम्बन्धित विभिन्न समस्या चुनैती तथा ट्राफिक एवम् एचआईभी सम्बन्धि विशेषज्ञलाई बोलाएर प्रशिक्षण पनि गराइएको कार्यक्रमका संयोजक रमेश कुमार गिरिले बताए ।

कार्यक्रममा ट्राफिक सम्बन्धि सचेतता वीरगंज ट्राफिक प्रहरीकै इन्स्पेक्टर मणि राम थापाले गरेका थिये भने एचआईभी तथा ब्याक्तित्व बिकास सम्बन्धि आशिष गुरागाइ र रमेश कुमार गिरिले पालै पालो प्रशिक्षण गरेका थिए ।

उक्त कार्यक्रममा सुशील कुमार सिंह, सिवाजी यादव, मनोज कुमार साह, नरेन्द्र कुश्वाहा लगायतकाे पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण मौसम राज भट्टराईले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...