Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

उपयाेगविहिन जग्गामा सामुहिक तरकारी खेती गर्ने तयारी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेकाे ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएकाे छ ।

बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितकाे टाेलीले लक्ष्मीपुरमा उपयाेगविहिन रहेकाे ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएकाे छ ।

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाकाे कृषि शाखाकी कृषि अधिकृत राेशनी यादवले बताइन् ।

बेराेजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुकाे आयआर्जन बढाउने उदेश्यले उपयाेगविहिन रहेकाे खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएकाे महानगरका मेयर राजेशमान सिंहले बताए ।

बुधबार जग्गा छुट्टाउन गएकाे टाेलीमा महानगरकाे भाैतिक संरचना नियन्त्रण समितका संयाेजक प्रदीप चाैरसिया, मेयर सिंहकाे सचिवालय सल्लाहकार हरि पाेखरेल, महानगरकाे आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल साह लगायतकाे सहभागीता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...