Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

उपयाेगविहिन जग्गामा सामुहिक तरकारी खेती गर्ने तयारी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेकाे ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएकाे छ ।

बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितकाे टाेलीले लक्ष्मीपुरमा उपयाेगविहिन रहेकाे ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएकाे छ ।

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाकाे कृषि शाखाकी कृषि अधिकृत राेशनी यादवले बताइन् ।

बेराेजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुकाे आयआर्जन बढाउने उदेश्यले उपयाेगविहिन रहेकाे खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएकाे महानगरका मेयर राजेशमान सिंहले बताए ।

बुधबार जग्गा छुट्टाउन गएकाे टाेलीमा महानगरकाे भाैतिक संरचना नियन्त्रण समितका संयाेजक प्रदीप चाैरसिया, मेयर सिंहकाे सचिवालय सल्लाहकार हरि पाेखरेल, महानगरकाे आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल साह लगायतकाे सहभागीता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...