Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

स्वंयसेवक शिक्षक भर्ना गर्दै वीरगंज महानगर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्वंयसेवक शिक्षक भर्ना गर्ने भएको छ ।
विद्यालयमा शिक्षक अभाव हुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको भन्दै महानगरले सोमबार स्वंयसेवक शिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको हो ।

विभिन्न विषयमा आधारभूत तह (६–८) का लागि १०६ जना स्वंयसेवक शिक्षक माग गरेको महानगरले माध्यमिक तहका लागि ७४ जना शिक्षक माग गरेको छ । आधारभूत तहमा नेपाली विषयको लागि २९ जना, अंग्रेजी १५, गणित १८, विज्ञान २६, सामाजिक १० र कम्प्युटर विषयका लागि ८ जना स्वंयसेवक शिक्षक माग गरिएको छ ।

यस्तै माद्यमिक तहका लागि नेपाली विषयको १४ जना, अंग्रेजी १०, गणित १३, विज्ञान १२, सामाजिक १०, स्वास्थ्य जनसंख्या तथा वातावरण २, अर्थशास्त्र ४, लेखा २, गणित-विज्ञान ५ र कम्प्युटर २ जना शिक्षक माग गरिएको छ ।

शैक्षिक योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । वीरगंज महानगरका लागि झण्डै ३ सय जना शिक्षक अभाव रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...