Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

सामुदायिक विद्यालयमा मेयर सिंहको आकस्मिक अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुरमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका छन् ।
विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाही स्वरुप महानरपालिकाले स्पष्टिकरण सोधेको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैँ आइतबार बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षकहरु अनुपस्थित भेटिएकाले उनीहरुसँग स्पष्टिकरण माग गरिएको शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए ।

विद्यालयमा भौतिक रुपमा भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टिकरण माग गरिएको उनले प्रष्ट पारे ।
महानगर प्रमुख सिंहले पठन पाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरु लागेको बताए ।

यस्तै महानगर प्रमुख सिंहले आइतबार बिहान वडा नम्वर १४ पिपरामा रहेको नृसिंह माद्यमिक विद्यालय र वडा नम्वर ४ मा रहेको श्री त्रिजुद्ध महावीर प्रसाद रघुवीरराम उच्च माद्यमिक विद्यालयको समेत अनुगमन गरेका थिए ।

दुबै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्ण रुपमा अंग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ । विद्यार्थीको पठन पाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उनले वताए ।

यस्तै कक्षाकोठाको अभाव पनि देखिएकाले त्यसको समाधानमा पनि आफूहरु लागि परेको उनले बताए ।

अनुगमनमा महानगर प्रमुख सिंहसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण लगायत सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...