Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरपालिकामा शुक्रबार शाेक विदा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा शुक्रबार शाेक विदा हुने भएकाे छ । कर्मचारी निधन भएकाे शाेकमा शुक्रबार महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने महानगरपालिकाले जनाएकाे छ ।  

महानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै महानगर कार्यपालिकाको कार्यालय अन्तर्गत प्रसौनीविर्ता स्वास्थ्य चौकीका इन्चार्ज तथा सि.अ.हे.व. अधिकृत छैठौ पदमा कार्यरत मुनिलाल चौधरीको क्यान्सर (Cancer) को उपचारको क्रममा मिति २०८०।०२।०१ गते सोमवारका दिन साँझ करिव ७:१५ बजे मृत्यु भएकाे जनाएकाे छ ।

चाैधरिकाे असामयिक दु:खद निधन प्रति शोक व्यक्त गर्न मिति २०५०।०२।०५ गते शुक्रवार दिनको ११:०० बजे हुने शोक सभामा सम्पूर्ण कर्मचारीहरुलाई उपस्थित भईदिन पनि जारी सूचना उल्लेख गरिएकाे छ ।

महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख राज कृष्ण ताम्राकारद्वारा हस्ताक्षरित सूचना मार्फत चाैधरीकाे असामयिक निधन प्रति वीरगंज महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत ब्यक्त गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...