Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंज महानगरपालिकामा शुक्रबार शाेक विदा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा शुक्रबार शाेक विदा हुने भएकाे छ । कर्मचारी निधन भएकाे शाेकमा शुक्रबार महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने महानगरपालिकाले जनाएकाे छ ।  

महानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै महानगर कार्यपालिकाको कार्यालय अन्तर्गत प्रसौनीविर्ता स्वास्थ्य चौकीका इन्चार्ज तथा सि.अ.हे.व. अधिकृत छैठौ पदमा कार्यरत मुनिलाल चौधरीको क्यान्सर (Cancer) को उपचारको क्रममा मिति २०८०।०२।०१ गते सोमवारका दिन साँझ करिव ७:१५ बजे मृत्यु भएकाे जनाएकाे छ ।

चाैधरिकाे असामयिक दु:खद निधन प्रति शोक व्यक्त गर्न मिति २०५०।०२।०५ गते शुक्रवार दिनको ११:०० बजे हुने शोक सभामा सम्पूर्ण कर्मचारीहरुलाई उपस्थित भईदिन पनि जारी सूचना उल्लेख गरिएकाे छ ।

महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख राज कृष्ण ताम्राकारद्वारा हस्ताक्षरित सूचना मार्फत चाैधरीकाे असामयिक निधन प्रति वीरगंज महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत ब्यक्त गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...