Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

अलौंमा चल्यो डोजर, हटाइयो अतिक्रमित संरचना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा सार्बजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाइएको छ ।सार्बजनिक सडक अवरुद्ध हुने गरि निर्माण गरिएको संरचना महानगरको टोलीले हटाएको हो ।

डोजरसहित गएको टोलीले अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाएको छ । यस्तै पोखरीको पूर्वपट्टी रहेको सडकमा निर्माण गरिएका ४ वटा घरको पर्खाल पनि हटाइएको छ ।

सडक अतिक्रमण गरि बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माण कार्य अघि बढ्ने वडा नम्बर १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताए ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथे त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ ।अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैं पुग्नु भएको थियो ।

वीरगंज महानगरपालिकाका प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नु भयो ।

अतिक्रमण हटाउन महानगर प्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि प्रसाद पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुषाल लगायतको टोली पुगेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...