Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीरगंज ३० का एसईई उत्तीर्ण छात्राहरुलाई कम्प्युटर

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे ३० नम्बर वडा कार्यालयले एसईई उत्तीर्ण गरि कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर वितरण गरेकाे छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमकाे आयाेजना गरि वडा अन्तर्गतका १६ जना एसईई उतिर्ण छात्राहरुलाई कम्प्युटर सेट वितरण गरेकाे हाे ।
 
कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव र बिशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर वितरण गरेका हुन् ।
 
छात्राहरुले प्राप्त गरेको उपलब्धिको मूल्याङकन गर्दै आगामी दिनमा पनि पढाइलाई निरन्तरता दिन प्रोत्साहन स्वरुप वडाले कम्प्युटर वितरण गर्नु कार्य सराहनिय भएकाे सांसद यादवले वताए । 
 
वडाध्यक्ष मनाेज यादवले परोपकारी तथा निकै महत्वपूर्ण कार्यक्रम ल्याएकाे वताउँदै सांसद यादवले उनलाई विशेष धन्यवाद समेत दिए । उनले भने “आशा गर्दछु अन्य वडाका प्रतिनिधिहरूले पनि उहाँबाट सिक्नु हुन्छ ।”
 
चुनावी घोषणापत्र अनुसार एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको वडाध्यक्ष यादवले वताए । उनले कम्प्युटर शिक्षामा पनि दक्ष बनाउने उद्देश्यका साथ छात्राहरुलाई कम्प्युटर वितरण गरिएको वताए ।
 
यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भए पनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए ।
 
वडाध्यक्ष यादवकाे अध्यक्षतामा भएकाे कम्प्युटर वितरण कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र यादवसहित समाजिक अगुवा, प्रधानाध्यापक, शिक्षक/शिक्षिका, स्थानीय लगायत विद्यार्थीहरुको उपस्थिति रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...