Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज ३० का एसईई उत्तीर्ण छात्राहरुलाई कम्प्युटर

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे ३० नम्बर वडा कार्यालयले एसईई उत्तीर्ण गरि कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर वितरण गरेकाे छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमकाे आयाेजना गरि वडा अन्तर्गतका १६ जना एसईई उतिर्ण छात्राहरुलाई कम्प्युटर सेट वितरण गरेकाे हाे ।
 
कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव र बिशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर वितरण गरेका हुन् ।
 
छात्राहरुले प्राप्त गरेको उपलब्धिको मूल्याङकन गर्दै आगामी दिनमा पनि पढाइलाई निरन्तरता दिन प्रोत्साहन स्वरुप वडाले कम्प्युटर वितरण गर्नु कार्य सराहनिय भएकाे सांसद यादवले वताए । 
 
वडाध्यक्ष मनाेज यादवले परोपकारी तथा निकै महत्वपूर्ण कार्यक्रम ल्याएकाे वताउँदै सांसद यादवले उनलाई विशेष धन्यवाद समेत दिए । उनले भने “आशा गर्दछु अन्य वडाका प्रतिनिधिहरूले पनि उहाँबाट सिक्नु हुन्छ ।”
 
चुनावी घोषणापत्र अनुसार एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको वडाध्यक्ष यादवले वताए । उनले कम्प्युटर शिक्षामा पनि दक्ष बनाउने उद्देश्यका साथ छात्राहरुलाई कम्प्युटर वितरण गरिएको वताए ।
 
यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भए पनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए ।
 
वडाध्यक्ष यादवकाे अध्यक्षतामा भएकाे कम्प्युटर वितरण कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र यादवसहित समाजिक अगुवा, प्रधानाध्यापक, शिक्षक/शिक्षिका, स्थानीय लगायत विद्यार्थीहरुको उपस्थिति रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...