Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

प्रभु हस्पिटलमा वीरगंज ८ का महिलालाई भिडियाे एक्सरेमा छुट

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ८ ले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे काे व्यवस्था गरिएकाे हाे ।

यसको लागि वीरगंज महानगरपालिका वडा नम्बर ८ को कार्यालय र प्रभु हस्पिटल एण्ड रिसर्च प्रालिबीच सम्झौता भएको छ । वडा नम्बर ८ को कार्यालयमा शुक्रबार बिहान भएको सम्झौता पत्रमा वडा नम्बर ८ को तर्फबाट वडा अध्यक्ष रितेश गुप्ता र वडा सचिव राजकुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।

प्रभु हस्पिटलको तर्फबाट सञ्चालक डाक्टर मनोज कुमार गुप्ता र डाक्टर लक्ष्मी थापा गुप्ताले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा वीरगंज महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले सिफारिस गरेको आधारमा वडाका गर्भवती महिलाहरुलाई प्रति बिरामी ५९० रुपैंयाको दरले भिडियो एक्सरे गराउनु पाउने छन् । यसको भुक्तान वडा नम्बर ८ कार्यालयले गर्ने सम्झाैतामा उल्लेख गरिएको छ ।

अल्ट्रा साउण्ड रेडियोलोजिष्ट बाटनै गर्नुपर्ने र अल्ट्रा साउण्ड गरिसकेपछि भुक्तानीको लागि प्रत्येक महिना वडा नम्बर ८ कार्यालयमा बिल पेश गर्नुपर्नेछ । यसको लागि वडा कार्यालयले २ लाख रुपैंया बजेट विनियोजन गरेको वडा सचिव राजकुमार गुप्ताले बताए ।

सम्झौतापछि बोल्दै वडा अध्यक्ष रितेश गुप्ताले स्वास्थ्य उपचारकै अभावमा गर्भवती महिलाहरुलाई समस्या नहोस भनेर निःशुल्क भिडियो एक्स–रे को पहल गरेर प्रभु हस्पिटलसँग सम्झौता गरिएकाे वताए । स्वास्थ्यकर्मी रमण झाले गर्भवती महिलाहरुलाई भिडियो एक्स–रे अति आवश्यक रहेपनि कसैले त्यो सुविधा नदिएको जानकारी गराएको र उनकै कुराबाट प्रभावित भएर आफूले अल्ट्रा साउण्ड सेवा दिने पहल गरेको बताए ।

रमण झा अहिले भौतिक रुपमा नरहेपनि उनको कुरा गर्भवती महिलाहरुका लागि निकै महत्वपूर्ण र गम्भीर विषय भएकाले नै यसमा वडाले कार्यक्रमलाई अगाडि बढाएको बताए ।

प्रभु हस्पिटलका सञ्चालक डाक्टर मनोज गुप्ताले महिलाहरुको स्वास्थ्य जटिलता गर्भवतीको समयमा नै हुने भएको र पेटमा भएको बच्चाको स्वास्थ्य अवस्था जान्नका लागि भिडियो एक्सरे अनिवार्य रहेकोले पनि वडा कार्यालयले अगाडि ल्याएको कार्यक्रमले वडाका गर्भवती महिलाहरुलाई फाइदा हुने बताइन ।

उनले सरकारी अस्पतालमा गर्भवती महिलाहरुको चाप उत्तिकै हुने र समय पनि लाग्ने हुँदा निजी अस्पतालहरुमा वडा कार्यालयको पहलमा सेवा दिन पाउँदा निकै खुशी लागेको र सरकारी अस्पतालको भन्दापनि कम शुल्कमा गुणस्तरीय सेवा पाउने विश्वास दिलाइन ।

वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर लक्ष्मी गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वीरगंज महानगरपालिकाकी स्वास्थ्य शाखा संयोजक इन्दिरा लोहनी, वडा सदस्य गफार मिया, अभियन्ता दिलिप राज कार्की, सन्चारकर्मी लगायत उपस्थित रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...