Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा नि:शुल्क नर्सिङ तयारी कक्षा सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि नराख्ने बताएका छन् । वीरगंज महानगरपालिकाको आर्थिक सहयोग र आर्या एजुकेशनको आयोजनामा आजबाट सुरु भएकाे दुई महिने निशुल्क नर्सिङ तयारी कक्षाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

यसै शैक्षिक सत्रबाट ४ वटा सामुदायिक विद्यालयमा निशुल्क अंग्रेजी माध्यकाे पठनपाठन सुरुवात गरेको भन्दै उनले आउँदा दिनमा आवश्यकता हेरि यो संख्या बढाउँदै लगिने बताए । महानगरले यहाँका युवा दक्ष बनाउन विभिन्न किसिमका तालिम तथा तयारी कक्षाहरु संचालन गरिरहेको भन्दै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा सहभागिहरुलाई मेयर सिंहले ध्यान लगाएर अध्ययन गर्न आग्रह पनि गरे ।

आजदेखि सुरु निशुल्क नर्सिङ तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...