Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा नि:शुल्क नर्सिङ तयारी कक्षा सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि नराख्ने बताएका छन् । वीरगंज महानगरपालिकाको आर्थिक सहयोग र आर्या एजुकेशनको आयोजनामा आजबाट सुरु भएकाे दुई महिने निशुल्क नर्सिङ तयारी कक्षाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

यसै शैक्षिक सत्रबाट ४ वटा सामुदायिक विद्यालयमा निशुल्क अंग्रेजी माध्यकाे पठनपाठन सुरुवात गरेको भन्दै उनले आउँदा दिनमा आवश्यकता हेरि यो संख्या बढाउँदै लगिने बताए । महानगरले यहाँका युवा दक्ष बनाउन विभिन्न किसिमका तालिम तथा तयारी कक्षाहरु संचालन गरिरहेको भन्दै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा सहभागिहरुलाई मेयर सिंहले ध्यान लगाएर अध्ययन गर्न आग्रह पनि गरे ।

आजदेखि सुरु निशुल्क नर्सिङ तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...