Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंज महानगरको पक्षमा अदालतको फैसला

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा अ‌ंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठनपाठन गर्न पाउने मनसायले महानगरले ४ वटा विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यस अघि गरेको अल्पकालिन आदेस खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो ।

अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेस दिँदै बिहीबारका लागि छलफलमा बोलाएको थियो ।

बिहीबार दुबै पक्षको बहस पछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो ।

पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनबिरुद्ध अभिनय गुप्ताले वीरगञ्ज महानगरसहितलाई बिपक्षी बनाई उच्च अदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराएका थिए ।

बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले  बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिर कुमार कर्णले बहस गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...