Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

नगर विकासको सिर्सिया प्लटिङको जग्गा नापजाँच सुरु

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा आजबाट नापजाँच गरेर छुट्याउन सुरु गरिएको छ ।

नगर विकास समितिले व्यवस्थित शहर विकास गर्न भन्दै २०४२ चैत २८ मै २६ विघा जग्गामा प्लटिङ गरेको थियो ।
प्लटिङको बीचमा ६० फिटको फराकिलो बाटो र सहायक सडकहरु ३५/३५ फिटको छुट्याएर नगर विकासले व्यवस्थित वस्ति बसाल्न खोजेको थियो ।

प्लटिङको जग्गा नगर विकाससँग व्यक्तिहरुले खरिद गरेको भए पनि अहिलेसम्म त्यसमा वस्ति भने बस्न सकेको छैन । नगर विकासले नक्सांकन गरेर प्लटिङ गरे पनि नापी कार्यालयले नापजाँच गरेर नक्सा छुट्याउन अवरोध गर्दा अहिलेसम्म पनि त्यहाँ वस्ति विकास हुन नसकेको जानकारहरु बताउँछन् ।

आजबाट नापी कार्यालय र महानगरपालिकाको संयुक्त टोली नापजाँचमा खटेर सडक तथा नाला छुट्याउने काम गरिरहेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले एक हप्ता भित्रमा प्लटिङको जग्गा नापजाँचको काम सक्ने लिखित प्रतिबद्धता जनाए अनुरुप आजैबाट काम अघि बढेको हो ।

टोलीले बुधबार दक्षिण तर्फ ६० फिटको सडकका साथै ३५/३५ फिटको ५ वटा सडक नापजाँच गरेर छुट्याइदिनुका साथै किलाकाटी समेत गरेको छ । एक हप्ता भित्र नापजाँच सक्ने गरी काम भइरहेको महानगरको नापी शाखाका प्रमुख देवलाल प्रसादले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...