Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । जुनसुकै व्यवसाय विना दर्ता संचालन गर्न कडाई भएपछि दर्ता गर्नेको संख्या बृद्धि भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय संचालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उनले बताए ।

गएको आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख १५ सम्म आइपुग्दा त्यो संख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको महानगरको तथ्यांकले देखाएको छ ।

पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या २ हजार २ सय ६ थपिएका छन् । व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली नै परिचालन गरेको छ ।

स्थलगत रुपमै पुगेको टोलीले उद्योग तथा पसलमै पुगेर व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने गरेको छ । व्यवसाय दर्ताको संख्या बढेसँगै राजश्व संलकनमा समेत बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ संकलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए ।

यसमा व्यवसाय करको हिस्सा औसतमा ५ प्रतिशत भन्दा बढी रहेको पनि उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...