Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । जुनसुकै व्यवसाय विना दर्ता संचालन गर्न कडाई भएपछि दर्ता गर्नेको संख्या बृद्धि भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय संचालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उनले बताए ।

गएको आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख १५ सम्म आइपुग्दा त्यो संख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको महानगरको तथ्यांकले देखाएको छ ।

पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या २ हजार २ सय ६ थपिएका छन् । व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली नै परिचालन गरेको छ ।

स्थलगत रुपमै पुगेको टोलीले उद्योग तथा पसलमै पुगेर व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने गरेको छ । व्यवसाय दर्ताको संख्या बढेसँगै राजश्व संलकनमा समेत बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ संकलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए ।

यसमा व्यवसाय करको हिस्सा औसतमा ५ प्रतिशत भन्दा बढी रहेको पनि उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...