Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

एक रुपैयाँमा ट्युशन पढाउने कुर्मीको स्वास्थ्य बारे प्रधानमन्त्रीको चासो

spot_img
spot_img

वीरगंज । एक रुपैयाँ शुल्क लिएर ग्रामिण क्षेत्रका बालबालिकालाई ट्युशन पढाउने पर्साको धोविनी गाउँपालिका निवासी रामअयोध्या राउत कुर्मीको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चासाे व्यक्त गरेका छन् ।

पाँच दशकदेखि एक रुपैयाँ शुल्क लिएर गाउँको प्राथमिक तहमा पढ्ने बालबालिकालाई ट्युसन पढाउँदै आएका कुर्मी पछिल्लो समय विरामी परेपछि उनको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्री प्रचण्डले चासाे व्यक्त गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एउटा सूचना जारी गर्दै प्रधानमन्त्री प्रचण्डले कुर्मीको स्वास्थ्योपचार बारे चासाे व्यक्त गर्दै उपचार र जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जनाएको छ । 

धोविनी–१ घोडदौल निवासी कुर्मी विगत पाँच दशकदेखि एक रुपैयाँ शुल्क लिएर गाउँका विद्यार्थीलाई दैनिक ३ घण्टा ट्यूशन पढाउँदै आएका छन् । उनले बिहान र साँझ डेढ/डेढ घण्टा गरेर दुई शिफ्टमा ट्युशन पढाउने गर्छन । यद्यपि ७० वर्ष पुगिसकेका कुर्मी श्वासप्रश्वाससम्बन्धी समस्याले पिडित छन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था धेरै बिग्रेपछि हाल ट्युशन पढ्दै आएका सयौं विद्यार्थी पढाईबाट वञ्चित छन् ।

स्थानीय सलाउदीन अहमदकाे पहलमा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले गाउँमै पुगेर कुर्मीसँग भेटघाट गरेका थिए । आइतबार भेट गरेपछि मन्त्री अन्सारीले गण्डक अस्पतालमा कुर्मीको उपचारको व्यवस्था मिलाएका छन् । त्यहाँ उनको निःशुल्क उपचार हुने अहमदले बताए । गण्डक अस्पतालका सञ्चालक अन्सारीनै हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र...

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...