Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

एक रुपैयाँमा ट्युशन पढाउने कुर्मीको स्वास्थ्य बारे प्रधानमन्त्रीको चासो

spot_img
spot_img

वीरगंज । एक रुपैयाँ शुल्क लिएर ग्रामिण क्षेत्रका बालबालिकालाई ट्युशन पढाउने पर्साको धोविनी गाउँपालिका निवासी रामअयोध्या राउत कुर्मीको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चासाे व्यक्त गरेका छन् ।

पाँच दशकदेखि एक रुपैयाँ शुल्क लिएर गाउँको प्राथमिक तहमा पढ्ने बालबालिकालाई ट्युसन पढाउँदै आएका कुर्मी पछिल्लो समय विरामी परेपछि उनको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्री प्रचण्डले चासाे व्यक्त गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एउटा सूचना जारी गर्दै प्रधानमन्त्री प्रचण्डले कुर्मीको स्वास्थ्योपचार बारे चासाे व्यक्त गर्दै उपचार र जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जनाएको छ । 

धोविनी–१ घोडदौल निवासी कुर्मी विगत पाँच दशकदेखि एक रुपैयाँ शुल्क लिएर गाउँका विद्यार्थीलाई दैनिक ३ घण्टा ट्यूशन पढाउँदै आएका छन् । उनले बिहान र साँझ डेढ/डेढ घण्टा गरेर दुई शिफ्टमा ट्युशन पढाउने गर्छन । यद्यपि ७० वर्ष पुगिसकेका कुर्मी श्वासप्रश्वाससम्बन्धी समस्याले पिडित छन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था धेरै बिग्रेपछि हाल ट्युशन पढ्दै आएका सयौं विद्यार्थी पढाईबाट वञ्चित छन् ।

स्थानीय सलाउदीन अहमदकाे पहलमा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले गाउँमै पुगेर कुर्मीसँग भेटघाट गरेका थिए । आइतबार भेट गरेपछि मन्त्री अन्सारीले गण्डक अस्पतालमा कुर्मीको उपचारको व्यवस्था मिलाएका छन् । त्यहाँ उनको निःशुल्क उपचार हुने अहमदले बताए । गण्डक अस्पतालका सञ्चालक अन्सारीनै हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...