Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीरगंजमा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार

spot_img
spot_img

वीरगंज । वीरगंजकाे अर्थतन्त्र चलायमान बनाउन नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारले निरन्तरता पाउने भएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरि सबै तयारी गरिएको हो ।

नयाँ वर्षको अवसरमा गएको चैत ३० र बैशाख १, २ गते लगाइएको रात्रि बजार अबदेखि भने हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो । जस अनुरुप बैशाखको २९ र ३० गते रात्रि बजार लागाइने तयारी गरिएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा आइतबार सांझ बसेको रात्रि बजार ब्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई अझै विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।

यस पटक रात्रि बजार माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म बिस्तार गरेर लगाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा नगर प्रमुख राजेशमान सिंहले वीरगंजकाे व्यापार ब्यवसाय अबेरसम्म संचालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तर रुपमा अघि बढाउने प्रयास गरिएको बताए । महानगरले यहाँको बजार चलायमान बनाउन पहल गरिदिएको भन्दै महानगरप्रमुख सिंहले रात्रि बजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर आउनु पर्नेमा जोड दिए ।

वीरगंज उद्योग वाणिज्य संघले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्दै उनले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताए । उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकोले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे ।

बैठकमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले रात्रि बजार संचालनका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताए ।

बैठकले अहिले सटरमा संचालन गरिरहेको व्यवसायलाई अबेर रातिसम्म संचालन गराउन आग्रह गर्ने निर्णय गर्नुका साथै रात्रि बजारका दिन आवश्यक स्टलहरुको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा एन.वाई.इ.एफका आंशु कुमार सर्राफले रात्रि बजार संचालनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उद्यमका नयाँ नयाँ आयाम पस्केर फरकपन दिँदा बजारले रौनक पाउने बताए ।

बैठकले रात्रि बजार व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघलाई पनि समेटेको छ । नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटीमै स्टल राखेर बजार संचालन गराइने बैठकले निर्णय पनि गरेको छ ।

माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म लाग्ने रात्रीबजारमा थरिथरिका स्टलहरु राखिने छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

बैठकमा ग्रिनसिटी सामुदायिकका सञ्जय अग्रवाल, एन.वाई.ई.एफका विकाश ठाकुर, अनुप अग्रवाल, सुरेश कुमार रुंगटा, छवि सर्राफ, अफसाना खान, सपना अग्रवाल, सुनिल कुमार कादमियाँ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...