Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

बारा २ मा राेचक प्रतिस्पर्धा, उपेन्द्र यादवकाे अग्रता

spot_img
spot_img

वीरगंज । बारा निर्वाचन क्षेत्र नं. २ मा राेचक प्रतिस्पर्धा देखिएकाे छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा बिच राेचक प्रतिस्पर्धा देखिएकाे हाे । 

प्रतिनिधि सभा सदस्यकाे बैशाख १० गते सम्पन्न उपनिर्वाचनकाे मतगणना अहिले शिक्षा तालिम केन्द्र कलैयामा जारि छ । सुरुवाती देखि नै जसपाका अध्यक्ष यादवले अग्रता लिए पनि बिचमा फेरी जनमतका कुशवाहा पछाडी पारेका थिए । पछि फेरी जसपाका यादवले अग्रता लिएका थिए । 

साेमबार राति ९ बजे सम्म यादवले कुशवाहा भन्दा ६ सय मतकाे अग्रता कायम गरेकाे थियाे । तर पछि राति १० बजेकाे पछिलाे मतपरिणाम अनुसार मतान्तर घटढै गएकाे थियाे । यादवले ३ हजार २ सय १४ मत ल्याउँदा कुशवाहाले २ हजार ८ सय १३ मत ल्याएका थिए । तेस्राे स्थानमा एमालेका उम्मेदवार पुरुषाेतम पाैडेलले एक हजार ३ सय ३५ ल्याएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ६१४ मत, आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ सय ६९ मत पाएका थिए ।

यस क्षेत्रमा एक लाख ५ हजार मतदाता रहेपनि ६५.६६ प्रतिशत ६९ हजार एक सय ७ मत मात्र खसेकाे छ । जस मध्ये हाल सम्म ८ हजार ५ सय ८ मत गणना भइसकेकाे जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए ।

करैयामाई गाउँपालिका र सुर्वण गाउँपालिकाकाे वडा नं. १ देखि ५ सम्म मतगणना भइसकेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।      

शिवचन्द्रको दावी  “जसपाकाे गढमा राम्राे मत पाए, चुनाव मै जित्छु”

 जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले आफूले नै चुनाव जित्ने दावी गरेका छन् । उनले जसपाकाे पकड भएको क्षेत्रमा समेत आफूले राम्रो मत प्राप्त गरेको बताउँदै निर्वाचनको अन्तिम मतपरिणाम आउँदा आफै जित्ने दावी गरेका हुन् ।

मतगणना स्थल बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुशवाहले करैयामाईमा जसपाको पकड क्षेत्र भएपनि आफूले सम्मानजनक मत प्राप्त गरेको उल्लेख गर्दै जित्ने दावी गरे ।

हाल करैयामाई गाउँपालिकाका विभिन्न वडाको मतगणना भइरहेको छ । सुरुवाती चरणमा अग्रता लिएका यादवलाई केहि समयका लागि कुशवाहले पछारेका थिए । यद्दपी पछिल्लो मतपरिणामअनुसार यादवले फेरी अग्रता लिएका छन् ।

करैयामाईमा आफूले सम्मानजनक मत पाएको र महागढीमाईको मतपेटिका खुले आफूले अग्रता लिने बताउँदै कुशवाहले भने, ‘करैयामाई १, २ र ३ भनेको जसपाले जितेको ठाउँमा मेरो मत नै अघि देखिएपछि यो मलाई बोनस आएको प्रमाणित नै गरिसक्यो । अब अन्त गन्दा अघिपछि हुन्छ । हुँदै जाँदाखेरि अन्तिममा महागढिमाईले सबैलाई पछार्दिन्छु ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...