Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

बारा २ मा राेचक प्रतिस्पर्धा, उपेन्द्र यादवकाे अग्रता

spot_img
spot_img

वीरगंज । बारा निर्वाचन क्षेत्र नं. २ मा राेचक प्रतिस्पर्धा देखिएकाे छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा बिच राेचक प्रतिस्पर्धा देखिएकाे हाे । 

प्रतिनिधि सभा सदस्यकाे बैशाख १० गते सम्पन्न उपनिर्वाचनकाे मतगणना अहिले शिक्षा तालिम केन्द्र कलैयामा जारि छ । सुरुवाती देखि नै जसपाका अध्यक्ष यादवले अग्रता लिए पनि बिचमा फेरी जनमतका कुशवाहा पछाडी पारेका थिए । पछि फेरी जसपाका यादवले अग्रता लिएका थिए । 

साेमबार राति ९ बजे सम्म यादवले कुशवाहा भन्दा ६ सय मतकाे अग्रता कायम गरेकाे थियाे । तर पछि राति १० बजेकाे पछिलाे मतपरिणाम अनुसार मतान्तर घटढै गएकाे थियाे । यादवले ३ हजार २ सय १४ मत ल्याउँदा कुशवाहाले २ हजार ८ सय १३ मत ल्याएका थिए । तेस्राे स्थानमा एमालेका उम्मेदवार पुरुषाेतम पाैडेलले एक हजार ३ सय ३५ ल्याएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ६१४ मत, आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ सय ६९ मत पाएका थिए ।

यस क्षेत्रमा एक लाख ५ हजार मतदाता रहेपनि ६५.६६ प्रतिशत ६९ हजार एक सय ७ मत मात्र खसेकाे छ । जस मध्ये हाल सम्म ८ हजार ५ सय ८ मत गणना भइसकेकाे जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए ।

करैयामाई गाउँपालिका र सुर्वण गाउँपालिकाकाे वडा नं. १ देखि ५ सम्म मतगणना भइसकेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।      

शिवचन्द्रको दावी  “जसपाकाे गढमा राम्राे मत पाए, चुनाव मै जित्छु”

 जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले आफूले नै चुनाव जित्ने दावी गरेका छन् । उनले जसपाकाे पकड भएको क्षेत्रमा समेत आफूले राम्रो मत प्राप्त गरेको बताउँदै निर्वाचनको अन्तिम मतपरिणाम आउँदा आफै जित्ने दावी गरेका हुन् ।

मतगणना स्थल बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुशवाहले करैयामाईमा जसपाको पकड क्षेत्र भएपनि आफूले सम्मानजनक मत प्राप्त गरेको उल्लेख गर्दै जित्ने दावी गरे ।

हाल करैयामाई गाउँपालिकाका विभिन्न वडाको मतगणना भइरहेको छ । सुरुवाती चरणमा अग्रता लिएका यादवलाई केहि समयका लागि कुशवाहले पछारेका थिए । यद्दपी पछिल्लो मतपरिणामअनुसार यादवले फेरी अग्रता लिएका छन् ।

करैयामाईमा आफूले सम्मानजनक मत पाएको र महागढीमाईको मतपेटिका खुले आफूले अग्रता लिने बताउँदै कुशवाहले भने, ‘करैयामाई १, २ र ३ भनेको जसपाले जितेको ठाउँमा मेरो मत नै अघि देखिएपछि यो मलाई बोनस आएको प्रमाणित नै गरिसक्यो । अब अन्त गन्दा अघिपछि हुन्छ । हुँदै जाँदाखेरि अन्तिममा महागढिमाईले सबैलाई पछार्दिन्छु ।’

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...