Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

बाराको ईनारवा बुथ कब्जाको प्रयास, पत्रकारलाई पनि प्रबेशमा राेक

spot_img
spot_img

वीरगंज । बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा बुथ कब्जाको प्रयास भएको बुझिएको छ । केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।

ईरनवास्थित मतदान केन्द्रमा शङ्कास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन् ।

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीयहरुले पत्रकारसँग समेत दुर्व्यवहार गर्न खोजेका थिए । त्यसपछि त्यहाँ रहेका प्रहरीले सञ्चारकर्मीहरु उद्धार गरेका थिए ।

दुईटा मत पत्र खसाउन खोजेका जसाका नेता पक्राउ

यसअघि मात्रै, बाराको देवताल गाउँपालिका–७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) एक नेता पक्राउ परेका छन् । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ ।

यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन् । विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ । अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ ।

मध्यान्ह १ बजेसम्म २५ प्रतिशत मत खस्याे

बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा मध्यान्ह १ बजेसम्म २५ प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायकाअनुसार बारा–२ मा ८३ मतदानस्थलका १३७ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

यस निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । जसमा ५८ हजार ९३४ पुरुष र ४६ हजार ३१४ महिला मतदाता छन् । 

बारा–२ मा जिल्लाको पचरौता नगरपालिका, महागढी नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र कोल्हवी नगरपालिकाको वडा नम्बर–८ समावेश छ ।

यस क्षेत्रमा नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, आम जनता पार्टीबाट अरूण ज्ञवालीलगायत ३६ जना चुनावी प्रतिस्पर्धामा छन् ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...