Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

मुख्यमन्त्री यादवलाई स्पष्टीकरण

spot_img
spot_img

वीरगंज । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई स्पष्टिकरण साेधेकाे छ । आयाेगले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमति बिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा मुख्यमन्त्री यादवसंग स्पष्टीकरण सोधेकाे हाे ।

वैशाख १० गते आइतबारका दिन बारा जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधिएकाे आयाेगका उप सचिव कमल ज्ञवालीले जानकारी दिए ।

आयाेगले उहाँलाई ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो, होइन ? तपाईको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ? भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...