Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

राजविराज कारागारमा कैदीको मृत्यु

spot_img
spot_img

सप्तरी । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् ।

राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो । राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पु¥याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताउनुभयो ।

मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो । मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो ।

सोही दिनदेखि उनी कारागारमा छन् । उनलाई अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो । शवलाई विराटनगरबाट राजविराज ल्याइएको छ । शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

बाल विकास सहयोगी कार्यकर्ता ३९ वर्षीया द्रौपतीदेवी चौधरी, सप्तकोशी फत्तेपुरका ३१ वर्षीय मुकेशजङ्ग खडका र मिथिलेश यादवले तालिममा भाग लनभन्दै झुक्याई दुई बालिकालाई २०७० असार २२ गते इटहरी नगरपालिका–१ स्थित रङ्गमञ्च गेस्ट हाउस पु¥याएका थिए । होटलमा पुगेपछि पीडितलाई ललाइफकाइ शारीरिक सम्बन्ध राख्नका लागि सुरुमा पैसाको प्रलोभन दिएको र नमाने पछि डर त्रास देखाइ आरोपितले हातपात गरेका थिए । होटलमा द्रौपतीदेवीले मुकेश र मिथलेशसँग पीडितलाई बेचबिखन गर्ने तयारी गरिरहेको सुनेर सोही राति १० बजे बालिका होटलबाट भागेका थिए ।

आरोपित खड्कालाई प्रहरीले २०७० साउन १८ गते पक्राउ गरेको थियो । खड्का २०७० भदौ १३ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलाशले पुर्पक्षका लागि कारागारमा थुनामा थिए । पछि पक्राउ परेकी द्रौपतीदेवी राजविराज कारगारमा कैद भुक्तान पूरा गरिसकेकी छन् । रासस

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–२६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका–२६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । एक समारोहका बीच वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख...

सद्भाव र्‍यालीपछि पनि प्रदर्शन नरोकिएपछि वीरगंजमा फेरि निषेधाज्ञा लागू

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको मुख्य क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । घण्टाघर क्षेत्रमा हिन्दु युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि...

मधेशको तनावबीच पर्सामा सर्वदलीय बैठक बस्दै, ३ सांसद सहित विभिन्न दलका प्रतिनिधि सहभागि

वीरगंज । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा...