Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

उपेन्द्रकाे पक्षमा माहाेल बनाउन बारा आउँदै गठबन्धनका शिर्ष नेता

spot_img
spot_img

वीरगंज । आसन्न वैशाख १० गते हुनगइरहेको उपनिर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुको उपस्थितिमा वृहत चुनावी सभा हुने भएको छ ।

बार-२ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहोल बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का शिर्ष नेताहरुको उपस्थितिमा महागढीमाई नगरपालिकास्थित बरियारपुरमा चुनावी सभा हुनलागेको हो ।

चुनावी सभाको मिति वैशाख ७ गते तोकिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सभा बिहान ११ बजे सुरु हुने जसपाले जनाएको छ ।

चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...