Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

उपेन्द्रकाे पक्षमा माहाेल बनाउन बारा आउँदै गठबन्धनका शिर्ष नेता

spot_img
spot_img

वीरगंज । आसन्न वैशाख १० गते हुनगइरहेको उपनिर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुको उपस्थितिमा वृहत चुनावी सभा हुने भएको छ ।

बार-२ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहोल बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का शिर्ष नेताहरुको उपस्थितिमा महागढीमाई नगरपालिकास्थित बरियारपुरमा चुनावी सभा हुनलागेको हो ।

चुनावी सभाको मिति वैशाख ७ गते तोकिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सभा बिहान ११ बजे सुरु हुने जसपाले जनाएको छ ।

चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...