Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

जगरनाथपुरमा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु, मन्त्री रिजालद्वारा उदघाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे टुर्नामेन्टकाे नेपाल सरकारका उद्याेग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् ।

मदुवाहा क्रिकेट मैदानमा सुरु भएकाे टुर्नामेन्टकाे उदघाटन गर्दै मन्त्री रिजालले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । उनले खेलाडी देशकाे गहना भएकाे वताउँदै खेलाडी जहिले पनि अनुशासित हुनु पर्ने वताए । 

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंह, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, मन्त्री रिजालका स्वकिय सचिव राकेश यादव, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष साह लगायतकाे सहभागिता रहेकाे थियाे ।  

आइतबार भएकाे उदघाटन खेलमा जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानी विजयी भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २  जानकीटाेलालाई हराउँदै वडा नं. ५ विजयी भएकाे आयाेजकले जनाएकाे छ ।

१४ ओभरकाे खेलमा टच हारेर ब्याटिङ गरेकाे वडा नं. २ जानकीटाेलाले १३ ओभर मै पुरै विकेटकाे नाेक्सानीमा १३४ रन बनाएकाे थियाे । त्यसपछि जवाफी ब्याटिङमा उत्रेकाे वडा नं. ५ मसिहानीले १० ओभर मै २ बलमा ४ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गर्दै जित हाँसिल गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...