Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

नयाँ बर्षकाे अवसरमा वीरगंजमा रात्री बजार, सांसद यादव र मेयर सिंहद्वारा उद्घाटन

spot_img
spot_img
वीरगंज । नयाँ बर्षकाे अवसरमा वीरगंजमा रात्री बजार लागेकाे छ । वीरगंजमा महानगरपालिकाकाे आयाेजना लागेकाे रात्री बजारकाे बिहिबार एक कार्यक्रमकाे बिच पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव एवम् वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
 
३ दिने रात्री बजारकाे उद्घाटन गर्दै सांसद यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगंजमा रात्री बजारकाे आयोजना गरेकाे महानगरपालिकालाई धन्यावाद दिए । उनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्या आयोजित रात्री बजारबाट कोभिड -१९ महामारीले थलिएको वीरगंज महानगरका व्यापार, व्यवसाय र उद्यमलाई फेरि नयाँ उँचाइसम्म पुर्याउँदै अर्थतन्त्रलाई पुन: चलायमान बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।
 
आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्री बजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु राखिएकाे छ । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहेका छन् । साथै रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेन आयाेजकले जनाएकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...