Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

नयाँ बर्षकाे अवसरमा वीरगंजमा रात्री बजार, सांसद यादव र मेयर सिंहद्वारा उद्घाटन

spot_img
spot_img
वीरगंज । नयाँ बर्षकाे अवसरमा वीरगंजमा रात्री बजार लागेकाे छ । वीरगंजमा महानगरपालिकाकाे आयाेजना लागेकाे रात्री बजारकाे बिहिबार एक कार्यक्रमकाे बिच पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव एवम् वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
 
३ दिने रात्री बजारकाे उद्घाटन गर्दै सांसद यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगंजमा रात्री बजारकाे आयोजना गरेकाे महानगरपालिकालाई धन्यावाद दिए । उनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्या आयोजित रात्री बजारबाट कोभिड -१९ महामारीले थलिएको वीरगंज महानगरका व्यापार, व्यवसाय र उद्यमलाई फेरि नयाँ उँचाइसम्म पुर्याउँदै अर्थतन्त्रलाई पुन: चलायमान बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।
 
आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्री बजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु राखिएकाे छ । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहेका छन् । साथै रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेन आयाेजकले जनाएकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...