Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जातिय विभेदमा लागेकाहरु अपराधि हुन् : उपेन्द्र यादव

spot_img
spot_img

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उमेदवारद उपेन्द्र यादवले संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पर्ने कुरामा जोड दिएका छन् । महागढीमाई नगरपालिकाको बिभिन्न वडाहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रममा बोल्दै नेता यादवले अहिलेको आवश्यता एकताको रहेको बताए ।

उनले जब जब नेपालका लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छन्, देशको लोकतन्त्र मजबुत भएको बताए । अहिलेको मुल आवश्कता शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सुधार तथा गरिबी, बेरोजगारी, जातिय बिभेद उन्मुलन रहेको कारण गठबन्धनको उमेदवारलाई भोट दिन यादवले सबैमा अपिल गरे ।

जातिय बिभेद गर्नु समाजिक अपराध भएको कारण यस्ता क्रियाकलापमा लागेकाहरु अपराधी रहेको उनकाे भनाई थियाे । उनले केहि गैर लोकतान्त्रिक शक्तिहरु मधेशीलाई लडाएर निरकुंश सत्ता लादन खोजी रहेको कारण त्यसता शक्तिबाट सचेत रहनु पर्ने सबैलाई आग्रह समेत गरे । एकतामै बल रहेको कारण सबै मिलेर विकासको मुल फुटाउनु पर्ने यादवको तर्क थियो ।

५ दलिय गठबन्धनका उमेदवार उपेन्द्र यादवले सोमवार बिहान महागढीमाई नगरपालिकाको वडा नं. १ सेमरा त्यसैगरी वडा नं. ६ को पत्तरहटी र बर्वा लगायतको टोलहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको हुन् ।

घरदैलो कार्यक्रममा जनता समाजवादी पार्टीका नेता रामकिशोर यादव, नेपाली कांग्रेसका सभापती राजेशराय यादव, जसपा बारा अध्यक्ष रामबाबु प्रसाद यादव, महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादव, कलैया अस्पतालका अध्यक्ष प्रकाश चौलागाई सहित गठबन्धन दलका स्थानिय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...