Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंज महानगरले सुरु गर्यो पुर्व बजेट छलफल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सरोकारवाला सित पुर्व बजेट छलफल सम्पन्न गरेको छ । स्थानीय तहको योजना तर्जुमा गर्न आर्थिक वर्ष २०८०/०८१ को योजना तथा बजेट तर्जमा सम्बन्धमा पुर्व बजेट छलफलमा सरोकारवालाले शिक्षा, स्वास्थ, पुर्वाधारमा बढी प्राथमिकता दिनु पर्ने बताएका छन् ।

बजेट उत्पादनमुलुक र व्यवहारिक हुनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । गैरसरकारी संस्था र सहकारी संस्थाले आफ्नो श्रोतले गर्ने कार्य र कार्यक्रमको पुर्व जानकारी बैशाख २५ गते भित्र महानगरपालिकालाई गराउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंजकाे समग्र विकास गर्न वीरगंज महानगरपालिका सबै गैरसरकारी संस्था, सहकारी संस्था सित हातोमालो र सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा नगर उप प्रमुख इम्तियाज आलम, वडा अध्यक्षहरु, वीरगंज उघोग वाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, सहकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...