Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरले सुरु गर्यो पुर्व बजेट छलफल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सरोकारवाला सित पुर्व बजेट छलफल सम्पन्न गरेको छ । स्थानीय तहको योजना तर्जुमा गर्न आर्थिक वर्ष २०८०/०८१ को योजना तथा बजेट तर्जमा सम्बन्धमा पुर्व बजेट छलफलमा सरोकारवालाले शिक्षा, स्वास्थ, पुर्वाधारमा बढी प्राथमिकता दिनु पर्ने बताएका छन् ।

बजेट उत्पादनमुलुक र व्यवहारिक हुनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । गैरसरकारी संस्था र सहकारी संस्थाले आफ्नो श्रोतले गर्ने कार्य र कार्यक्रमको पुर्व जानकारी बैशाख २५ गते भित्र महानगरपालिकालाई गराउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंजकाे समग्र विकास गर्न वीरगंज महानगरपालिका सबै गैरसरकारी संस्था, सहकारी संस्था सित हातोमालो र सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा नगर उप प्रमुख इम्तियाज आलम, वडा अध्यक्षहरु, वीरगंज उघोग वाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, सहकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...