Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

गरिबसँग मेयर, विद्युत महसुल भुक्तानीको ९ हजार बढीले लिए लाभ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल भुक्तानी गरिदिएपछि ९ हजार भन्दा बढी परिवार लाभान्वित भएका छन् । गएको माघ महिनाबाट महानगरभित्र बसोबास गर्ने विपन्न वर्गलाई सहुलियत दिन घरेलु मिटर प्रयोगकर्ताको ३० युनिटसम्मको विद्युत महशुल महानगरबाटै भुक्तानी हुन थालेपछि उनीहरु लाभान्वित भएका हुन् ।

माघ महिनामा ३ हजार ७ सय ६२ परिवारले ३० युनिटसम्मको विद्युत महशुल भुक्तानीको लाभ लिएका छन् । फागुनमा भने त्यो संख्या बढेर ५ हजार ३ सय ११ घरपरिवारले यस्तो लाभ लिएको विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरण वीरगंज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको भुक्तानी महानगरले तिरिदिएको हो ।

कृषि (सिँचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिएको छ । अहिलेसम्म ६४ कृषि मिटरको ३५ हजार २७० रुपैयाँ भुक्तानी पनि महानगरले चुक्ता गरिदिएको छ ।

माघ महिनामा २५ वटा कृषि मिटरको शुल्क भुक्तानी भएकोमा फागुनमा त्यो बढेर ३९ वटा पुगेको छ । सिमरा वितरण केन्द्रबाट १ वटा कृषि मिटर प्रयोगकर्ताले लाभ लिएका छन् । कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्दै आएको शुल्क पूर्ण रुपमा महानगरले नै तिरिदिएको हो ।

चुनावका बेला गरिएको प्रतिबद्धता बमोजिम नै निर्वाचित भएर पदभार ग्रहण गरेकै दिन महानगर प्रमुख राजेशमान सिंहले महानगरका वासिन्दाले प्रयोग गर्ने विद्युतको न्यूनतम शुल्क व्यहोर्ने निर्णय गराउनुभएको थियो ।

लाभग्राही पहिचान र तथ्याङ्क सङ्कलन गर्न समय लागेकाले आर्थिक वर्षको सुरुवात बाटै लागु गर्ने भनिएकोमा केही ढिला हुन पुगेको महानगरप्रमुख सिंहले बताए ।

महानगरले गएको पुष ७ गते प्राधिकरणको वीरगंज र सिमरा वितरण केन्द्रसँग न्यूनतम ३० युनिट विद्युत शुल्क मिनाहा गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता बमोजिम अहिले ३० युनिटसम्मको शुल्क मिनाहा हुनुका साथै कृषि मिटरमा लाग्दै आएको शुल्क पनि पूर्ण रुपमा मिनाहा भएको हो ।

माघ महिनामा भन्दा फागुनमा बढी प्रयोगकर्ता देखिएका छन् । सम्झौता अनुसार पुरानो बक्यौता बुझाएकाले मात्रै यो मिनाहामा सहभागी हुन पाउने छन् । त्यसैले मिनाहाको लाभ लिन पनि बक्यौता बुझाउनेको संख्या बृद्धि हुँदा मिनाहा हुने मिटरको संख्या बढेको वीरगंज वितरण केन्द्रका लेखापाल राजेश झाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...