Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

गरिबसँग मेयर, विद्युत महसुल भुक्तानीको ९ हजार बढीले लिए लाभ

वीरगंज । वीरगंज महानगरपालिकाले ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल भुक्तानी गरिदिएपछि ९ हजार भन्दा बढी परिवार लाभान्वित भएका छन् । गएको माघ महिनाबाट महानगरभित्र बसोबास गर्ने विपन्न वर्गलाई सहुलियत दिन घरेलु मिटर प्रयोगकर्ताको ३० युनिटसम्मको विद्युत महशुल महानगरबाटै भुक्तानी हुन थालेपछि उनीहरु लाभान्वित भएका हुन् ।

- Advertisement -

माघ महिनामा ३ हजार ७ सय ६२ परिवारले ३० युनिटसम्मको विद्युत महशुल भुक्तानीको लाभ लिएका छन् । फागुनमा भने त्यो संख्या बढेर ५ हजार ३ सय ११ घरपरिवारले यस्तो लाभ लिएको विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरण वीरगंज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको भुक्तानी महानगरले तिरिदिएको हो ।

कृषि (सिँचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिएको छ । अहिलेसम्म ६४ कृषि मिटरको ३५ हजार २७० रुपैयाँ भुक्तानी पनि महानगरले चुक्ता गरिदिएको छ ।

माघ महिनामा २५ वटा कृषि मिटरको शुल्क भुक्तानी भएकोमा फागुनमा त्यो बढेर ३९ वटा पुगेको छ । सिमरा वितरण केन्द्रबाट १ वटा कृषि मिटर प्रयोगकर्ताले लाभ लिएका छन् । कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्दै आएको शुल्क पूर्ण रुपमा महानगरले नै तिरिदिएको हो ।

चुनावका बेला गरिएको प्रतिबद्धता बमोजिम नै निर्वाचित भएर पदभार ग्रहण गरेकै दिन महानगर प्रमुख राजेशमान सिंहले महानगरका वासिन्दाले प्रयोग गर्ने विद्युतको न्यूनतम शुल्क व्यहोर्ने निर्णय गराउनुभएको थियो ।

लाभग्राही पहिचान र तथ्याङ्क सङ्कलन गर्न समय लागेकाले आर्थिक वर्षको सुरुवात बाटै लागु गर्ने भनिएकोमा केही ढिला हुन पुगेको महानगरप्रमुख सिंहले बताए ।

महानगरले गएको पुष ७ गते प्राधिकरणको वीरगंज र सिमरा वितरण केन्द्रसँग न्यूनतम ३० युनिट विद्युत शुल्क मिनाहा गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता बमोजिम अहिले ३० युनिटसम्मको शुल्क मिनाहा हुनुका साथै कृषि मिटरमा लाग्दै आएको शुल्क पनि पूर्ण रुपमा मिनाहा भएको हो ।

माघ महिनामा भन्दा फागुनमा बढी प्रयोगकर्ता देखिएका छन् । सम्झौता अनुसार पुरानो बक्यौता बुझाएकाले मात्रै यो मिनाहामा सहभागी हुन पाउने छन् । त्यसैले मिनाहाको लाभ लिन पनि बक्यौता बुझाउनेको संख्या बृद्धि हुँदा मिनाहा हुने मिटरको संख्या बढेको वीरगंज वितरण केन्द्रका लेखापाल राजेश झाले बताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ३३९ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन, यस बर्ष अनलाइनलाई ८ हजार मात्र

जनकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ। प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष...

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी,...