Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

रामजानकी मन्दिरको अतिक्रमण हटाउन आइतबार पनि डाेजर चल्याे

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर अतिक्रमण गरी बनाइएको संरचनामा आइतबार पनि डोजर लगाइएको छ । महानगरपालिकाको वडा नम्वर १० घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको मन्दिरमा भएको अतिक्रमण शनिबारदेखि डोजर लगाएर हटाउन थालिएको हाे ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगंजमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको पक्की संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

गत फागुन ४ गते पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको हो ।

विक्रम संवत १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पुजारी तिवारीले विगत ३० वर्षदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए ।

मन्दिरमा भएको अतिक्रमण हटाउन शनिबार महानगरका मेयर राजेशमान सिंह आफै डोजर लिएर पुग्नु भएको थियो । शनिबार मन्दिरको उत्तर तर्फको संरचना हटाइएकोमा आइतबार पूर्वतर्फको संरचना पनि हटाइएको महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...