Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बारा २ मा मेराे जित सुनिश्चित छ : उपेन्द्र यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले आइतवार देवताल गाउँपालिकाको बिभिन्न वडा तथा टोलहरुमा चुनावी कार्यक्रम तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । ५ दलिय गठबन्धनका उम्मेदवर यादवले बारा क्षेत्र नं. २ बाट आफ्नो जित सुनिश्चित रहेको दावी गरेका हुन् ।

बाराको देवताल गाउँपालिका अन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, कटहरिया, झिटकैया लगायतका टोलहरुमा सम्पन्न भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले घरदैलो कार्यक्रममा जनताको उत्साह जनक सहभागीता देखेर आफुपनि उत्साहित भएको बताए । उनले अहिलेको मुल आवश्यकता बिकास, समृद्धि तथा संघीय लोकतन्त्रको रक्षा गर्नु रहेको कुरामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका नेताहरुले प्रजातन्त्रमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार रहेको भएपनि बहुरुपियाहरुलाई बाराका जनताले पहिचान गरी सकेको कारण मधेश र मधेशीलाई अन्तराष्ट्रिय स्तरमै पहिचान दिलाउँन सफल रहेका नेता उपेन्द्र यादवलाई बाराका जनताले जिताएर प्रतिनिधि सभामा पठाउँने बताए । कार्यक्रमलाई सम्बोधन गर्ने गठबन्धनका नेताहरु उपेन्द्र यादवको जितसँगै बारा क्षेत्र नं. २ मा बिकासको मुल फुटने वताए ।

कार्यक्रममा जसपाका नेता प्रदिप यादव, रामबाबु यादव, रामकिशोर यादव, लालबाबु राउत, रोशन यादव, आत्माराम साह, रामाकान्त यादव, अरुण सिंह लगायत गठबन्धन दलका स्थानिय तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...