Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

बारा २ मा मेराे जित सुनिश्चित छ : उपेन्द्र यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले आइतवार देवताल गाउँपालिकाको बिभिन्न वडा तथा टोलहरुमा चुनावी कार्यक्रम तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । ५ दलिय गठबन्धनका उम्मेदवर यादवले बारा क्षेत्र नं. २ बाट आफ्नो जित सुनिश्चित रहेको दावी गरेका हुन् ।

बाराको देवताल गाउँपालिका अन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, कटहरिया, झिटकैया लगायतका टोलहरुमा सम्पन्न भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले घरदैलो कार्यक्रममा जनताको उत्साह जनक सहभागीता देखेर आफुपनि उत्साहित भएको बताए । उनले अहिलेको मुल आवश्यकता बिकास, समृद्धि तथा संघीय लोकतन्त्रको रक्षा गर्नु रहेको कुरामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका नेताहरुले प्रजातन्त्रमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार रहेको भएपनि बहुरुपियाहरुलाई बाराका जनताले पहिचान गरी सकेको कारण मधेश र मधेशीलाई अन्तराष्ट्रिय स्तरमै पहिचान दिलाउँन सफल रहेका नेता उपेन्द्र यादवलाई बाराका जनताले जिताएर प्रतिनिधि सभामा पठाउँने बताए । कार्यक्रमलाई सम्बोधन गर्ने गठबन्धनका नेताहरु उपेन्द्र यादवको जितसँगै बारा क्षेत्र नं. २ मा बिकासको मुल फुटने वताए ।

कार्यक्रममा जसपाका नेता प्रदिप यादव, रामबाबु यादव, रामकिशोर यादव, लालबाबु राउत, रोशन यादव, आत्माराम साह, रामाकान्त यादव, अरुण सिंह लगायत गठबन्धन दलका स्थानिय तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...