Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

महानगर प्रमुख सिंहले हटाए रामजानकी मन्दिरको अतिक्रमण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं.१० स्थित घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण हटाइएको छ ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत वीरगंजमा दिएको रिट अस्वीकार भएसँगै महानगरले कथित पुजारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको संरचना डोजर लगाएर हटाएको हो ।

गएको फागुन ४ गते पुजारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरले अदालतमा निवेदन दिए पछि शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार अतिक्रमण हटाइएको हो ।

गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा रोक लगाएर अतिक्रमण गरि निर्माण गरिएको पक्कि संरचनामा कथित पुजारीले भाडा असुलि गर्दै आएका थिए ।

महानरपालिकाका प्रमुख राजेशमान सिंहले मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान नै चलाएर अहिले अतिक्रमण हटाउँदै आएका छन् ।मन्दिरकाे अतिक्रमण हटाउन महानगर प्रमुख सिंह आफैं डोजरसहित पगेका थिए ।

वि.सं.१९८२ देखि रामजानकी मन्दिरकै नाममा रहेको यो जग्गामा कथित पुजारी तिवारीले गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर भाडा लगाएका थिए ।

अदालतले महानगरकै पक्षमा आदेश दिएसंगै अब सबै अतिक्रमित संरचना हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काएर दैनिक पुजापाठ हुने गरि संचालनमा ल्याउने महानगर प्रमुख सिंहले बताए ।

मन्दिरकाे अतिक्रमण हटे पछि स्थानीय खुशी, बाँडे लडु

वर्षौंदेखिको अतिक्रमण हटेसँगै स्थानीय खुशी भएर महानगर प्रमुख सिंहलाई धन्यवाद दिँदै लड्डु बाँडेका थिए । मन्दिरकाे अतिक्रमण हटाउन चलेपछि समाजिक संजालमा समेत धेरैले मेयर सिंहकाे कामकाे प्रशंसा गर्दै धन्यावाद  दिएका छन् ।

अतिक्रमण हटाउन महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा न १० का वडाध्यक्ष सुशील कुमार कानु, नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रशासन प्रमुख राज ताम्राकार, सरसफाइ प्रमुख सर्फुदिन मियाँ समेतको टिम अतिक्रमित स्थान पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...